दार्जीलिङका कर्मा शेर्पा Zee TV SAREGAMAPA singing superstar २०१० मा

जीटिभीको यो स्टेजमा जति समय रहन्छु, त्यस बेलासम्म उत्कृष्ट पर्फर्मेन्स दिनेछु र विश्वभर रहेका नेपालीहरूको इज्जत बढाउने काम गर्नेछु,’ जीटिभी सारेगमपमा उत्कृष्ट १८ भित्र छनोट भएर आफ्नो गायकी प्रस्तुत गरिसकेपछि दार्जीलिङे युवा कर्माले भने- ‘यो स्टेजमा आएर निणर्ायकहरूको मन जित्न सक्नु नै मेरो सफलता हो, मेरो सपना पूरा भएको छ ।’ नेपाली मूलका कर्माले यसो भन्नेबित्तिकै संगीतकारद्वय साजिद-वाजिद खानले तिमी अझै माथि पुग्न सक्ने गायक हौ भन्दै उनको उत्कृष्ट गायकीको प्रशंसा गरे ।

सुप्रसिद्ध गायक दलेर मेहन्दीले कर्माको गायन खुबीको खुलेर चर्चा गरे । ‘बेस्ट क्वालिटीको सिंगिङ भ्वाइस छ तिम्रो,’ उनले भने- ‘वषार्ंै लगाएर संगीतको विशेष कक्षा लिएकाहरूले पनि यतिको दमदार प्रस्तुति दिन सक्दैनन् ।’ कार्यक्रम प्रस्तोताले पहाडको ताजापन कर्मामा भएको बताउँदा दलेरले पनि त्यो कुरालाई समर्थन गरेका थिए । कर्मामा प्रचुर क्षमता भएको उनको प्रतिक्रिया थियो ।

कर्माले आफ्नो गीत सकिएलगत्तै दर्शकदीर्घाबाट वान्समोरको फिडब्याक पाए । वान्स मोर पाउने उनी मात्र एक्ला गायक थिए । कार्यक्रममा संगीतकार शेखरले कर्माको गायकी सीधै रेकर्डिङका लागि उपयुक्त भएको प्रतिक्रिया दिए । उनले गीतलाई न्याय मात्र गरे नन्, कुनै पनि गीत उत्कृष्ट गायकले जसरी गाउन सक्छ भन्ने हामीलाई लाग्छ, त्यसरी नै प्रस्तुति दिए, शेखरले भने- ‘कर्माले अझै माथिसम्मको यात्रा सहजै गर्न सक्छन् । अर्का संगीतकार विशालले पनि शेखरको कुरालाई समर्थन गर्दै कर्मा भविष्यमा पाश्र्वगायक हुने घोषणा गरे ।

कार्यक्रममा साजिद वाजिदले शेर्पा हाम्रो प्राण हो भनेर उनलाई हौस्याएका थिए । उत्कृष्ट गायनको नमुना बनेका कर्मा प्रतिस्पर्धी गायक-गायिकाहरूमा आफूलाई अब्बल साबित गर्न सफल भएको निणर्ायकहरूको निष्कर्ष थियो । नेपाली भएकोमा गर्व गर्ने शेर्पाले यसअघिको अडिसन राउन्डमा राजु लामाले गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको, तिम्रो गीत सुनेर मुनाल नाचेको, तिम्रो जोबनलाई हो देखेर पिरती गाँसेको’ गीत प्रस्तुत गरेका थिए । जीटिभीबाट प्रसारण हुने सारेगामप सिंगिङ सुपरस्टार बन्ने लक्ष्य लिएर अघि बढेका शेर्पालाई दार्जीलिङ, सिक्किमलगायत भारतका विभिन्न स्थानमा बस्ने नेपालीहरूले माया दर्साएका छन् । ‘म्युजिककी नयी आवाज’ स्लोगन तय गरेको सारेगामप सिंगिङ सुपरस्टारमा दलेर मेहन्दी, विशाल-शेखर तथा साजिद-वाजिद निणर्ायक छन् ।

source:weekly nepal

Advertisements

0 Responses to “दार्जीलिङका कर्मा शेर्पा Zee TV SAREGAMAPA singing superstar २०१० मा”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: