जापानमा बसोबास गर्ने शेर्पाहरुले समो लाङ्लो बर्ष २१३६ हर्सोल्लास र भव्यताका साथ मनाएको छ।
२००९ March १ तारेख, टोक्यो गोतान्दा स्थित् माया रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत डा. गणेश योन्जन तामाङ्ले लोसारको शुभकामना र सफलताको कामना दिनु भै टोस प्रस्ताब् गर्नु भए पछि कार्यक्रमको शुरु भएको थियो..
बिगतका बर्षहरुमा अधिकतम रुपमा शेर्पाहरुको मात्र उपस्थित हुने गरेकोमा यो बर्ष उल्लेखनिय मात्रामा अन्य़ जात जातिको समुदायको महानुभाब हरुको समेत उपस्थित रहेको थियो , NRN जापानका अध्यक्ष भवन भट्ट , जनजाति संघका अध्यक्ष ओम गुरुङ , थकाली सेवा समितिका अध्यक्ष ध्रुब भट्टचन, नेवा जागरण मञ्चका अध्यक्ष सुनिल शाक्य, तामाङ समाज जापानका अध्यक्ष रेखब्लोन तामाङ, तमू धीं जापानका उपाध्यक्ष हर्क गुरुङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा शेर्पाहरूको परम्परागत नाच स्याब्रू , साथै अन्य नेपाली हिन्दी गीतहरूको साथ उपस्थित सबैले भरपुर मनोरन्जन गरेका थिए। कार्यक्रमको समापन पछि शेर्पा सँघ जापानका अध्यक्ष ङावाङ शेरे शेर्पा ,लोसार आयोजक लाक्पा गेलु शेर्पा र पेम्बा लामा शेर्पा ले अर्को साल यसै गरी भेट्ने बाचा गर्दै आगन्तुक सबैलाइ खाता लगाइ बिदाइ गर्नु भएको थियो
0 Responses to “TOKYO ma LOSAR 2136 …”