दार्जिलिङ र गोर्खाल्यान्ड

सन् १७४४ देखि १८०१ सम्मको एकीकरण प्रयासबाट नेपालले पश्चिममा सतलजदेखि पर्ूवमा टिस्टासम्म आफ्नो राज्य कायम गरेको थियो । सन् १८१४ मा नेपाल-अंग्रेज युद्ध सुरु भयो ।

सन् १६०० देखि व्यापारिक उद्देश्यले समुद्रपारबाट आएको इष्ट इन्डिया कम्पनीले भारतका विभिन्न भूभागमा प्रभाव कायम गर्दै थियो । दुवैको साम्राज्य विस्तार गर्ने नीति भएको कारण सीमा विवाद देखापरे । नेपालमा अंग्रेजका धेरै स्वार्थ थिए । मुख्य कुरो, अंग्रेज न्ोपालको बाटो भएर तिब्बतस“ग व्यापार गर्न चाहन्थे । युद्धमा नेपाल पराजित भयो । असमान र अपमानजनक सुगौली सन्धि -सन् १८१६) मा बाध्यात्मक हस्ताक्षर गर्नुपर्‍यो । नेपालतर्फाट गजराज मिश्र र चन्द्रशेखर उपाध्याय सन्धि गर्न सुगौली गएका थिए । अंग्रेजले निम्न र्सत राखे- -क) कालीनदी पश्चिमको सम्पर्ूण्ा भूभाग, तर्राईको सम्पर्ूण्ा भूभाग, सिक्किमतिरको भूभाग अंग्रेजलाई दिने, -ख) दलबलसहित अंग्रेज राजदूत काठमाडौंमा रहने र -ग) अंग्रेजको सल्लाहविना कुनै युरोपेली वा अमेरिकीलाई सेवामा नियुक्ति गर्न नपाउने ।

पछि अंग्रेजले तर्राईका भूभाग फिर्ता गरे पनि टिस्टापारि र महाकालीपारिका कुनै पनि भूभाग फिर्ता नगरेका कारण नेपालको सिमाना मेचीदेखि महाकालीमा सीमित रह्यो । मेचीपर्ूव पर्ने दार्जिलिङ, कालिम्पोङ, सिक्किमका केही भाग नेपालले छाड्नुपर्‍यो ।

सुगौली सन्धिपछि टिस्टादेखि सतलजमा रहेका गोर्खाली यो भूभागमा बसिरहेछन् । हाल दार्जिलिङ, सिक्किम, भुटान, आसाम, मेघालय, गारो हिल्स, नागा हिल्स, मणिपुर र बर्मासम्म नेपालीका घनाबस्ती छन् । पश्चिममा पनि कुमाउ, गडवाल, देहरादुन र कांगडासम्म नेपाली मूलका मानिस बसोबास गर्दै आएका छन् ।

अंग्रेज ग्ाोर्खाली वीरता र रणकौशल देखेर धेरै प्रभावित थिए । उनीहरूले गोर्खालीलाई सेनामा भर्ति गराएर आफ्नो साम्राज्य विस्तार गरे । अंग्रेज साम्राज्य विस्तार गर्न गोर्खालीको ठूलो भूमिका रह्यो ।

-क) युद्धमा नेपाल हारेपछि भीमसेन थापाले अंग्रेज साम्राज्यवादी विरुद्ध गुट खडा गर्ने प्रयास गरे, तर युद्धपछि उक्त योजना लगभग समाप्त भयो ।

-ख) नेपाललाई पराजित गरेपछि कम्पनी सरकारका सेनामा उत्साह बढ्यो । अर्कातिर ससाना राज्य दिन-प्रतिदिन लोप हुनथाले । केही समयपछि मराठा शक्ति पराजित भयो । भारतमा अंग्रेजको सर्वोच्चता कायम भयो । नेपालको प्रशस्त भूभाग पनि कम्पनी सरकारको नियन्त्रणमा गयो ।

-ग)  अंग्रेजले शीतल स्थलहरू कुमाउ, गडवाल, नैनिताल, दार्जिलिङ आदि प्राप्त गरे ।

बेलायती श्रीपेच भारतमा संरक्षण गर्न कम्पनी सरकारले नेपालीलाई सेनामा भर्ति गर्नु आवश्यक देख्यो । नेपालीको ब्रि्र“दो आर्थिक अवस्थाको फाइदा उठाएर कम्पनी सरकारले गोर्खाली  फौज गठन ग-यो । आजसम्म पनि गोर्खा, आसाम राइफल्स कायमै छन् । गोर्खा राइफल्सले पहिलो र दोस्रो विश्वयुद्ध लडी अपर्ूव बहादुरी देखाएर विश्व सामाज्यवादलाई सहयोग पुर्‍यायो ।

ग्ाोर्खालीले भारतीय स्वतन्त्रता रक्षा गर्न अग्रिम भूमिका पूरा गरिरहेछन् । १९६२ को भारत-चीन, पाकिस्तान-भारत युद्धमा धेरै गोर्खाली मरेका छन् । अहिलेसम्म गोर्खा राइफल्सको भारतीय सुरक्षामा महत्त्वपर्ूण्ा भूमिका छ ।

ग्ाोर्खालीले भारतीय स्वतन्त्रता संग्राममा पनि अग्रिम भूमिका खेले । ब्रिटिस साम्राज्यवादबाट भारतलाई मुक्त गर्न गान्धीजीको नेतृत्वमा आसामवासी गोर्खाली छविलाल उपाध्याय, दार्जिलिङवासी गान्धीबाजे भनेर चिनिने जंगवीर सापकोटा, कालिम्पोङका दलबहादुर गिरी र सुवासचन्द्र बोसको आजाद हिन्द फौज्ामा लागेर जीवन बलिदान दिने दलबहादुर थापा र मेजर दर्ुगामल्ल उल्लेखनीय छन् ।

छविलाल उपाध्याय आसामको सोचितपुर जिल्ला वृद्धिगाउ“मा १५ मई १८८२ मा जन्मेका थिए । उनले गान्धी आसाम जा“दा आन्दोलनमा ठूलो सहयोग गरेका थिए । १९२१ म्ाा उललाई अंग्रेजले जेल हाल्यो । गान्धीबाजे भनेर चिनिने धजे चियाबगान दार्जिलिङमा १८८२ मा जन्मेका हुन् । उनी गान्धीका परमभक्त थिए र गान्धीजीको असहयोग आन्दोलनमा ठूलो योगदान गरेका थिए । १९४२ को भारत छोडो आन्दोलनमा उनलाई बन्दी बनाइयो ।

त्यस्तै दलबहादुर गिरीले पनि गान्धीजीको आन्दोलनमा अग्रभूमिका पूरा गरेका थिए । उनको हत्या ३६ वर्षो उमेरमा भयो । उनको मृत्युबाट शोकसन्तप्त भएर गान्धीले १३ नोभेम्बर १९२४ मा योङ इन्डिया भन्ने पत्रिकामा लेख लेखे । उनको मृत्युको खबर कालिम्पोङबाट पाएर धेरै दुःखि भएको छु गान्धीले लेखेका छन् । उनलाई आजाद हिन्द फौजमा लागेका कप्तान दलबहादुर थापा र मेजर दर्ुगामल्लसंगै १९४४ मा सैनिक अदालतले दिल्लीमा फा“सी दिएको हो ।

गोर्खालीले भारतीय स्वतन्त्रताका लागि अनेक बलिदान गरेका छन् । भारत विभिन्न संस्कृति, धर्म, जाति, भाषा भएको प्रजातान्त्रिक देश हो । भारतमा जातिय मुक्तिका लागि छुट्टै राज्यको माग अरुहरुले गरिरहेसरह गोर्खालीले पनि दार्जिलिङमा गरेको सात दशक भइसक्यो ।

डम्बरसिंह गुरुङले गोर्खा लिग स्थापना गरी छुट्टै गोर्खा राज्यको माग र्सवप्रथम गरेका हुन् । त्यसपछि सुवास घिसिङले नेतृत्व गरेको आन्दोलनमा १ हजार बढी गोर्खा सहिद भए । तर पश्चिम बंगालको कम्युनिष्ट सरकारले गोर्खालीका मागलाई सधैं दमन गरिरहेछ । डम्बरसिंह गुरुङले एकपटक नेपाल आएर मोहनशमशेरस“ग भेटी  दार्जिलिङलाई १९४७ मा अंग्रेजबाट फिर्ता गराउन माग गरेका थिए । तर राणाहरूले यसप्रति ध्यान दिएनन् ।

आज विमल गुरुङको नेतृत्वमा दार्जिलिङ, खरसाङ, कालिम्पोङ र डर्ुवर्सका जनता छुट्टै राज्य ग्ाोर्खाल्यान्डका लागि संर्घष्ा गरिरहेछन् । बहुसंख्यक बंगालीले अल्पसंख्यक गोर्खालीमाथि दमन र शोषण गरिरहेछन् । पर्ूर्वी बंगालमा मार्क्सवादी कम्युनिष्ट पार्टर्ीी गोर्खालीलाई विदेशी र दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गर्छ । प्रत्येक कुरोमा त्यहा“ विभेद गरिन्छ । दार्जिलिङ बंगालीको उपनिवेशजस्तै छ ।

दार्जिलिङको मुख्य व्यवसाय चियाखेती हो । सुगौली सन्धिपछि यहा“ अंग्रेजले चियाखेती गरेको हो । यहा“ बसोबास गर्ने अधिकांश सिन्धुपाल्चोकदेखि इलामसम्मका नेपाली गएर जंगल फा“डेर चियाखेती सुरु गरेका हुन् । आज जम्मै चियाकमानका मालिक भारतीय र अंग्रेज पु“जीपति छन् । चियाबगानका नेपाली श्रमजीवीको अत्यन्तै दयनीय हालत छ । सयौं वर्षेखि उनीहरू श्ाोषित छन् । पर्ूर्वी बंगालमा साम्यवादीहरू पु“जीपतिको दलालमात्र छन् । तिनले श्रमजीवीका लागि केही गरेका छैनन् ।

विहारमा झारखण्ड, युपीमा हिमाञ्चल प्रदेशजस्तै बंगालमा गोर्खालीलाई छुट्टै राज्य दिएमा भारतको अखण्डता र स्वाधीनता बलियो हुनेछ । भारतीय सरकारले भारतको स्वाधीनता बचाउनका लागि सधैं गोर्खालीले दिएको योगदानलाई कदर गरी एउटा छुट्टै राज्य बनाउन सहयोग गरे भारतको राष्ट्रियता र र्सार्वभौमिकता अझै बलियो हुनेछ ।

हर्ष स्याङबो

लेखक, पुष्पलाल प्रतिष्ठानस“ग सम्बद्ध छन् ।

source-http://www.kantipuronline.com/kolnepalinews.php?&nid=152996

Advertisements

0 Responses to “दार्जिलिङ र गोर्खाल्यान्ड”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,056 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: