५ धातुहरू माटो- स, आगो- मे, काग-
सिङ, फलाम- च्या र पानी- छ्यु हुन् भने २ लिङ्गहरू पुरुष- फो र स्त्री- मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको
सहायताले १ सय २० वर्षम्मको गणना गर्न सकिन्छ ।
नेपालमा तोलो लोसार, सोनाम लोसार र ग्याल्पो लोसार गरी तीन प्रकारका लोसार मनाइने गरेको पाइन्छ । तोलो लोसार प्रत्येक वर्षमञ्जुश्री ज्योतिषशास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुस महिनामा पर्छ । प्राकृतिक रूपमा र्सर्ूय उत्तर दिशा र्फकने, रूखबिरुवाको नया“ पालुवा फेरिने र यहा“बाटै रात छोटो र दिन लामोसमेत हुन्छ । तोलो लोसार गुरुङ र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाउ“छन् । सोनाम लोसार प्रत्येक वर्षमञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट सुरु हुन्छ । कालचक्र ज्योतिषशास्त्रमा माघे संक्रान्तिबाट नया“ खेतीपातीको कार्य सुरु हुने भएकाले किसानहरूले यसलाई नया“ साल
-लोसार) को रूपमा मनाएको विश्वास गर्छन् । त्यसैले यस लोसारलाई किसान लोसार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम लोसार तामाङ र ह्योल्मो समुदायले मनाउ“छन् । ग्याल्पो लोसार कुन ज्योतिषशास्त्रमा आधारित छ, यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रोअनुसार नया“ सालको पहिलो दिनलाई लोसारको रूपमा मनाएको देखिन्छ । यो सोनाम लोसार मंगोल वादशाह चाङगिच खा“ले तिब्बतको राजा मिञागको शासन जितेको उत्सवको रूपमा मनाएको विश्वास गरिन्छ । यो लोसार शर्ेपा, लामा तथा भोटे समुदायले मनाउ“छन् ।
लोसार सुरु हुनुभन्दा केही महिना अगाडिदेखि लोसारको पर्ूवतयारी क्रममा घर पोत्ने, लुगा सिलाउने र किनमेल गर्ने गर्छन् । लोसार सुरु हुनुभन्दा साता दस दिन अगाडि खाप्से -मैदाको पिठोबाट बनाइने रोटीको परिकार) पोल्ने काम र लोफुत -अन्न रोपेर उमार्ने) आफ्नो ठाउ“को हावापानीअनुसार लोसारको पहिलो दिनसम्ममा उम्रिनेगरी एउटा भा“डामा माटो र बालुवा मिसाएर त्यसमा गहु“को वीउ छरिन्छ । यसरी उमे्रको गहु“लाई नया“ सालको नया“ बालीको
रूपमा पूजा गरिन्छ ।
लोसार सुरु हुनुभन्दा दर्ुइ दिन अगाडि बौद्ध, कपन, स्वयम्भूसाथै गाउ“घरको मुख्य गुम्बाहरूमा विदाइ हुने सालको ग्रहदशाले नया“ सालमा निरन्तरता नपाओस् भनेर ग्रहदशा शान्त र विर्सजन गर्न गुम्बाहरूमा बिहानैदेखि ङस्ियुगु पूज्ाा गरिन्छ । यो पूजा सक्नासाथ अधिकांश गुम्बाहरूमा लोसारको विदा सुरु हुन्छ । लामाहरू लोसार चाडका लागि आ-आफ्ना घर जान्छन् । यही दिन लोसार मनाउनेहरूले आफ्नो घरका भित्री भाग पूरै सफा गर्छन् । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रहदशाको प्रतीक ठानेर दोबाटो वा चौबाटोमा फालेर आ-आफ्नो परिवारको ग्रहदशा विर्सजन गरिन्छ । यही दिन सा“झ नौ प्रकारका अन्नहरू मिसाएको खाना गुथुक खाइन्छ ।
गुथुकमा आ“टाको डल्लाभित्र सेतो कपडा, गहु“, कागज, खर्ुसानी, कोइला, घिउ र नुन आदिका साना टुक्रा राखेर पकाइन्छ । त्यस्तो आ“टाको एक-एक डल्ला सबैको भागमा राखिन्छ । गुथुक खानुभन्दा अगाडि आ“टाको डल्लोभित्र कसको भागमा के पर्यो भनेर सबैको अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहु“को अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खर्ुसानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घिउको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ्यान्छ
लोसार सुरु हुनु एकदिन अगाडि सबैले विभिन्न सामग्री प्रयोग गरेर घर सजाउ“छन् । घर सजाउ“दा विशेषतः सम्बोटा लिपिमा टासी देलेक लेखिएका वाक्यांश र अष्टमंगलका चिह्न सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा लेखिन्छ । गाउ“घरमा आगोको धूवा“ले पूरै कालो भएको भित्ता, दलिन र खम्बामा सेतो पिठोले अष्टमंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ ।
अष्टमंगल लेख्न नजान्नेले अष्टमंगलको प्रतीक बूढीऔंलाले पिठोको आठवटा थोप्ला बनाइन्छ । यही दिन विशेषगरी पूजाकोठालाई पर्ूण्ारूपले सि“गारेर भगवानको प्रतिमर्ूर्ति वा फोटो अगाडि स-साना सातवटा भा“डामा क्रमशः मुख धुने जल -अर्घ्यम), गोडा धुने जल -पाद्यम), फूल -पुष्पे), धूप -धुपे), छ्योमी -आलोक), केशरको जल -गन्धे) र भोजन प्रतीक तोरमा -नैवेद्य) सजाएर राखिन्छ । साथै भगवानको प्रतिमर्ूर्ति वा फोटो राखिएको स्थान
-छ्योखाङ) अगाडि पुङ्गी अम्जो
-गधाको कानको आकारमा बनाइएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाई त्यसमाथि दर्ीघआयुको प्रतीक कछुवाको आकार बनाइएको रोटी, लोसारको बेला आफ्ना नातेदार, इष्टमित्रहरूलाई आर्शिवाद दि“दा खुवाउन विशेष प्रकारको काठको भा“डामा राखिएको छिमार
-भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङभित्र राखेको छ्याङ फु -अमृत जलको प्रतीक पेयपदार्थ), ग्रहदशाको प्रतिरक्षा गर्न राखिएको ‘डला’ -तरवार वा काट्ने हतियार), पञ्चबुद्ध, पञ्चतत्त्व र पा“च प्राकृतिक शक्तिको प्रतीक बा“सको डण्डामा बेरिएर राखेको पञ्चरंगिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा बिस्कुट सजाएर राखिन्छ । लोसारका पाहुना बसाल्ने ठाउ“ र खुवाउने खाना तयार पारेर राखिन्छ ।
पहिलो दिन बिहान सबेरै तीन-चार बजे उठेर हातमुख धोएपछि सिधै जमिनबाट पानी निस्कने धारामा गएर धारालाई कर्क्याङ -घिउको थोप्ला), खादा र धूप चढाएर पूजा गरेर पानी थापी घर ल्याइन्छ । यसरी ल्याएको पानी र्सवप्रथम भगवानलाई तिङ -भगवानलाई पानी चढाउने स-साना सातवटा भा“डा) मा हालेर चढाइन्छ । साङ सेरकिम -अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । भगवानको पूजाआराधना भएपछि लोसारका खाना डेसिल -चामलको खानाको परिकार), खाप्से -रोटीको परिकार) र अन्य लोसारका खाना सबैभन्दा पहिले भगवानलाई चढाइन्छ । घरको मूलीले छिमार -सगुनको प्रतीक सेतो पिठोको परिकार) र अमृतजल -छ्याङ फु) लाई तीनपटक आकाशतिर र्छर्किसकेपछि एकचम्चा हत्केलामा राखेर खाइन्छ । अलिकति सगुनका लागि दाया“ कुममा र्छर्किन्छ । त्यसपछि घरका सबै सदस्यले नया“ वा सफा लुगा लगाएर लोसारको छिमार खान तयार हुन्छन् । छिमार दि“दा पहिला एकचम्चा हत्केलामा खानका लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दाया“ र केटी भए बाया“ कुममा र्छर्किन्छ । छिमार र्छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार स“गस“गै छ्याङफु -अमृतजल) पनि लिइन्छ । घरपरिवारका सबैले छिमार खाइसकेपछि सगुनको रूपमा सेतोको प्रतीक चामलबाट बनेको डेसिल खान्छन् । डेसिलपछि खाप्से र अन्य खानाका परिकारहरू खा“दै मनोरञ्जन गर्दै रमाइलो गर्छन् । लोसारको पहिलो दिन आ-आफ्नै घरमा बसिन्छ । लोसारको पहिलो दिन शुभतिथि भए आ“गनमा राखिएको पुरानो ध्वजा झिकी नया“ ध्वजा ठडाइन्छ । ध्वजा ठडाउन शुभ नपरे अन्य
दिनमा ठडाइन्छ ।
लङदार टाङने प्रचलनको सुरुवात भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवता र असुर बीचको लडाइ“मा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन -इन्द्र भगवान) मार्फ दिनुभएको ग्याल्जेन चेमु -विजयशक्ति मन्त्र) प्रचार भएपछि देवताले विजय प्राप्त गरेकाले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लङदार टाङ्ने प्रचलन सुरु भएको हो । लङदारको पा“च रङको अर्थ पञ्चबुद्ध -ग्याल्वा रिङा) को रङ हो । लङदारको सेतो रङको अर्थ बैरोचना बुद्ध -नम्बर नाङजे), नीलो रङ अक्षोभ्य बुद्ध -दोर्जे सेम्बा), पहे“लो रङ रत्नसम्भव बुद्ध -रिङछेन जङदेन), रातोको अमिताभ बुद्ध -नाङवाङ थाये), हरियोको अमोदसिद्धि बुद्ध -तोन योत ठुप्पी) हो ।
गणितीय ज्योतिष विद्याको आधारमा लुङदारमा पाइने पा“च रङलाई धातुको रङ मानिन्छ । जसअनुसार सेतो- फलाम, नीलो- पानी, पहे“लो- माटो, रातो- आगो र हरियो- काठ धातु हुन् । लङदारमा पाइने पा“च रङले प्रकृतिका पा“च वस्तुलाई पनि जनाउ“छ । नीलो- आकाश, सेतो- बादल, रातो- आगो, हरियो- पानी, पहे“लो- धरती हुन् । लङदार टाङ्नु अगाडि लङदारलाई धर्मगुरुबाट अभिषेक -रप्ने) गरिन्छ ।
लोसारको दोस्रो दिनदेखि फागुन पूणिर्मासम्म धर्मगुरु र आफ्ना मान्यजनकोमा गएर छिमार खाई आशिर्वाद लिइन्छ । साथै आफ्नो जन्ममितिअनुसार शुभदिनमा आफ्नै घरमा,
अग्ला र स्वच्छ डा“डामा दर्ीघआयु, सु-स्वास्थ्य- सफलताको कामना गर्दै व्यक्तिगत-सामूहिक तरच्यो -ध्वजा) ठड्याउने र लङदार -पञ्च रंगिन पतका) टा“गिन्छ ।
यसरी ध्वजा ठड्याएर लङदार टा“गेपछि पूजा गरिन्छ र अन्त्यमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर दर्ुइपटक आकाशतिर उचाल्दै तेस्रोपटक चाहि“ “किकि सोसो होर ग्यलो” भनेर र्छर्किन्छ । काठमाडौंमा माघ २५ र २६ गते विशेषगरी बौद्ध, स्वयम्भू, काठे सिम्भू, नमोबुद्ध र जामचोमा तरच्यो -ध्वजा) ठड्याउने र लङदार टा“गेर किकि सोसो होर ग्यालो भन्नेहरूको ठूलो भीड लागेको हुन्छ । माघ २६ गते शर्ेपा सेवाकेन्द्र टुसाल, बौद्धमा सामूहिक ल्हप्सो पूजा गरिन्छ । लोसार सुरु भएदेखि फागुन पूणिर्मासम्म नातेदार, गाउ“ले र समूह मिलेर घरभोज र वनभोज खान्छन् । फागुन ९ गते फागुपूणिर्मा अन्त्यस“गै लोसारका सबै कार्यक्रम अन्त्य हुन्छ ।
आङकाजी शर्ेपा ँकिसान’
-लेखक, नेपाल लोकतान्त्रिक शर्ेपा संघ काठमाडौंका अध्यक्ष हुन् ।)
Thank you for posting this article. I got many new informations about Lhosar.