‘जलस्रोतमा नेपालको गल्तीबाट भुटानले सिक्यो’

नेपालको गल्ती सिकेर छिमेकी भुटानले जलस्रोतको विकासमा उल्लेख्य प्रगति गरेको जलस्रोतविज्ञ तथा इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । क्यानडाको ४० हजार किलोवाट जलविद्युत् उत्पादक कम्पनीका अध्यक्षसहित हालै भुटान भ्रमण गरेर आएका प्रधानले त्यही“का उच्च अधिकृतले आफूलाई सो कुरा बताएको जनाए । भुटानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै प्रधानले भने, ‘नेपालले गरेका केही गल्तीबाट सिकेकै कारण भुटानले अहिलेको आर्थिक विकास हासिल गरेको हो । पञ्चायत कालदेखि नै नेपालले गर्दै गएका गल्तीबाट भुटानले आफूलाई विद्युत् क्षेत्रमा सुधारेको हो ।’

राणा शासन समाप्तिपछि नेपालले विद्युत्लाई भन्दा पानीलाई महत्त्व दिएर भारतस“ग सन्धि सम्झौता गर्‍यो, तर भुटानले आफूस“ग भएको पानीबाट विद्युत् उत्पादन गर्नेतिर ध्यान दियो । पञ्चायतकालमा नेपालले शान्तिलाई महत्त्व दियो, तर भुटानका राजाले विकास भए मात्रै शासन सम्भव हुन्छ भन्ने सोचेर विकासमा जोड दिए । त्यस्तै, नेपालले २०४६ पछि अत्यन्त द्रुत गतिमा खुला अर्थतन्त्रमा प्रवेश गर्‍यो । यसका असरका बारेमा समयमै सोचेर क्रमशः अघि बढेको भए असर कम हुने थिए । यसैलाई सिकेर भुटानले पछिल्ला दिनमा क्रमशः आर्थिक उदारीकरण गर्दै गएको छ ।

त्यस्तै,भुटानी कुनै अन्तर्रर्ााट्रय दातृ निकायको भर नपरी आफ्नै फाइदालाई महत्त्व दिएर विद्युत् उत्पादनमा लागेकाले पनि सफल भएको ठान्छन् । भुटानी अधिकारीको भनाइ सम्भ“mदै प्रधानले राजनीतिक समस्या रहे पनि स्पष्ट आर्थिक नियमको तर्जुमा गर्नु भुटानमा भएको आर्थिक विकासको अर्को कारण भएको बताए । उनका अनुसार भुटान सरकारले जलस्रोतको विकासमा स्पष्ट नीति नै तय गरेको छ । पछिल्लो समयमा ‘भिजन-२०२०’ नै अघि सारेको छ । भुटानी शासक नेपाली मूलका नागरिकलाई देश निकाला गर्नु पनि विकासको अर्को कारण मान्दछन् । नेपाली मूलका नागरिकलाई निष्कासन गरेकाले नै ठूलो राजनीतिक समस्या नआएको र विकासमा अघि बढ्न सकेको उनीहरूको मत छ ।

भुटानमा अहिले राजनीतिक सुधारका कार्यक्रम अगाडि सारिएको छ । राजाले आफू सक्रिय शासनबाट अलग हुने घोषणा गरेका छन् । तर, आगामी सरकारका लागि आर्थिक नीति अहिले नै तय गरिएको छ । अब आउने नया“ सरकारले पनि सोही नीति अवलम्बन गर्ने गरी राजनीतिक सहमति कायम भएको छ ।

भुटानमा सन् ८० को दशकबाट विद्युत् उत्पादन सुरु गरिएको हो । नेपालमा भने आजभन्दा एक सय वर्षघिबाट नै विद्युत् उत्पादन थालिएको थियो । तर, नेपालमा अहिलेसम्म ६ सय ३० मेगावाट हाराहारीमा विद्युत् उत्पादन सम्भव भएको छ भने भुटानले १४ सय मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।

जलस्रोतमा भुटानको रणनीति
भुटानले विद्युत् उत्पादनमा ‘बाठो रणनीति’ अपनाएको छ । भारतस“ग कुल आयोजनाको ६० प्रतिशत अनुदान र ४० प्रतिशत प्रतिवर्षपा“च प्रतिशतको दरले ऋण लिएर उत्पादन गर्छ । यो ऋण १५ वर्षा तिर्नुपर्ने र्सत राखिएको हुन्छ । उत्पादित बिजुली आफूले उपयोग गरेर बा“की रहेको मात्रै भारतलाई बिक्री गर्नुपर्ने र्सत राखिएको हुन्छ ।

भुटानको बिजुली मूल्य पनि अत्यन्त सस्तो भएको प्रधानले बताए । भारतको सहयोगमा निर्माण भएको जुखा हाइड्रो पावरबाट उत्पादित बिजुली भुटान पावर ट्रेडिङ कर्पोरेसनले त्यहा“को ३० पैसामा खरिद गरी जनतालाई एक रुपैया“ २५ पैसामा बिक्री गर्ने गरेको छ । भारतले भुटानस“ग एक रुपैया“ ८० पैसा भारतीय मुद्रामा खरिद गर्दै आएको छ । आफैंले लगानी गरेर उत्पादित बिजुली यति मूल्यमा खरिद हुनु उपलब्धिपर्ूण्ा हो’, इन्जिनियर तथा हाइड्रोपावर कम्पनी बुटवल पावर कम्पनीका सञ्चालक प्रधानले भने-‘मलाई यो सहमत्रि्रति आर्श्चर्य नै लाग्यो,’ । भुटानले आगामी २०२० सम्ममा पा“च हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । यसैअनुरुप ‘भिजन २०२०’ निर्माण गरिएको हो ।

भुटानको जलस्रोतमा अहिलेसम्म भारतको मात्रै लगानी छ । तर, अब विदेशीलाई पनि लगानी ढोका खोलिएको छ । २५ मेगावाटसम्मको आयोजना भुटानीले मात्रै बनाउन पाउ“छन् । २५ देखि सय मेगावाटसम्मको आयोजनामा विदेशी र स्वदेशीको लगानी स्वीकार गरिएको छ भने त्योभन्दा बढीमा अन्तर्रर्ााट्रय लगानीलाई मात्रै पनि अनुमति दिने नीति लिइएको छ ।

‘नेपालले पनि सन् २०१७ सम्ममा पा“च हजार मेगावाट बिजुली निकाल्ने योजना बनाएको छ । तर, यो सम्भव देखिंदैन,’ प्रधानले भने । उनका अनुसार, यो परिमाणको बिजुली उत्पादन गर्न योजना चाहिन्छ, तर नेपाली विद्युत् उत्पादन क्षेत्र योजनाविहीन छ । ‘भुटानले सन् २०२० सम्मको लागि निर्माण गर्ने परियोजना पहिचान गरिसकेको छ । करिब १५ सय मेगावाटपरियोजना निर्माणका क्रममा छन्, थप ३५ सयको तयारी हु“दैछ,’ उनले सुनाए । भुटानी जनताको आर्थिक स्थिति पनि अहिले दक्षिण एसियामा धेरै अगाडि पुगेको छ । विगत एक डेढ दशकमा जलविद्युत् विकासबाट भूटानीहंको प्रतिव्यक्ति आम्दानी १२ सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

जुंखा (३६० मेगावाट) र ताला -१०४०मेगावाट) जलविद्युत् योजना भ्रमण गरेर आएका प्रधानका अनुसार, भुटानमा कहिल्यै पनि लोडसेडिङ हु“दैन । सस्तो बिजुलीको विकासले वनजंगल विनास पूरै राकिएको छ । त्यहा“ अहिले ७० प्रतिशत भूभाग जंगलले ढाकेको छ । ‘यो जानकारी पाउ“दा त मैले कुनै बेला हामीले भन्ने गरेको ‘हरियो वन नेपालको धन’ भन्ने भनाइ सम्भिmएर चिन्ता लाग्यो,’ प्रधानले भने ।
काठमाडौं, १० मंसिर
source-http://www.nayapatrika.com/cover1.php?cid=2217

Advertisements

2 Responses to “‘जलस्रोतमा नेपालको गल्तीबाट भुटानले सिक्यो’”


  1. 1 suman devkota February 2, 2008 at 1:59 am

    its good to read news coming overseas.thanks for the wholw team of nayapatrika

  2. 2 TIBET ARTS June 23, 2008 at 9:03 am

    Ab Aaune sarkar le pahile ko galti sudharna tir dhyam dincha ki?


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: