Archive for December, 2007

‘जलस्रोतमा नेपालको गल्तीबाट भुटानले सिक्यो’

नेपालको गल्ती सिकेर छिमेकी भुटानले जलस्रोतको विकासमा उल्लेख्य प्रगति गरेको जलस्रोतविज्ञ तथा इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । क्यानडाको ४० हजार किलोवाट जलविद्युत् उत्पादक कम्पनीका अध्यक्षसहित हालै भुटान भ्रमण गरेर आएका प्रधानले त्यही“का उच्च अधिकृतले आफूलाई सो कुरा बताएको जनाए । भुटानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै प्रधानले भने, ‘नेपालले गरेका केही गल्तीबाट सिकेकै कारण भुटानले अहिलेको आर्थिक विकास हासिल गरेको हो । पञ्चायत कालदेखि नै नेपालले गर्दै गएका गल्तीबाट भुटानले आफूलाई विद्युत् क्षेत्रमा सुधारेको हो ।’ Continue reading ‘‘जलस्रोतमा नेपालको गल्तीबाट भुटानले सिक्यो’’

माओबादीको सक्काली रुप

शुरुशुरुमा त लाग्थ्यो राम्रो माओबादीको नीति
लगायो चर्को नारा हटाउने शोसक र शामन्ती।।

१० बर्ष गर्‍यो उसले जनबादी क्रान्ति
चाहना थियो नेपालीको सुख र शान्ति।।

जनता मरे १५ हजार् भए घाइते कति
सहमति गर्‍यो १२ बुदे ल्याउनलाई शान्ति

ठुलै थियो माओबादीको सम्बिधान् सभाको नारा
सहमत् भए ७ पार्टी र नेपाली जनता सारा।।

तय भयो मङ्सीर् ६ चुनाबको मिति
आत्तिन थाल्यो चुनाब् देखि जित्ने होकि कति।।

चाहन्थ्यो र किन उसले आफु हार्ने चुनाब्
१० सीट् पनि नजित्ने हो कि भयो थुलो तनाब्।।

जति जति मङ्सीर् ६ को चुनाब् नजिक् आयो
कति रहेछ जनता उसको बल्ल थाहा पायो।।

ताना बुन्न थाल्यो चुनावलाई रोक्ने
बहाना झिक्यो गणतन्त्र र समानुपतिक् बोक्ने।।

छेपारोले झै रङ्ग फेर्ने रहेछ माओबादी
अहिले आई भन्न थाले राजबादी त् हो नि राष्ट्रबादी।।

हुने भयो सम्बिदान् सभा चुनाब् हात्ती आयो फुस्सा
जिल्ल पारि सबैलाई दियो थुलो घुस्सा


OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,300 hits

my photos

boulder

Nepali Headline news!!!