अन्तरिक्ष यात्राका पचास वर्ष


अक्टोबर ४, १९५७ मा स्पुतनिक यानले सफलतापूवक अन्तरिक्ष भ्रमण गरेपछि पाएको अन्तर्रााट्रय वाहवाहीपछि तत्कालीन सोभियत प्रमुख निकिता खु्रश्चेभले भोलिपल्ट सोभियत अन्तरिक्ष कायक्रमका पिता मानिने र्सर्गेइ कोरोलियोभलाई आफ्नो कक्षमा बोलाए ।

सोभियत सत्ताले आफ्नो सान देखाइसकेको छ, स्पुतनिकले जसरी सफलता पायो त्यसमा हामीले गर्व गर्नुपर्छ,’ ख्रुश्चेभले भने- ँतर र्सर्गेइ, आगामी नोभेम्बरमा बोल्सेभिक क्रान्तिको वाषिर्की मनाउनका लागि तिमी र त्रि्रो टोलीले मलाई केही गणनायोग्य नया उपहार दिनर्ुपर्छ । त्यसका लागि जाऊ आजैदेखि काम थाल ।’

ख्रुश्चेभको माग कोरोलियोभको टोलीका लागि समेत आर्श्चर्यलाग्दो थियो । उनको टोलीले ँस्पुतनिक प्रथम’ तीन महिनाभन्दा कम समयमा बनाएको थियो । तर, अब जम्मा एक महिना तीन दिनको समय मात्र थियो । एक महिनामा गर्न सकिएला र भने चिन्ता उनको मनमा उठ्यो । उनले तत्कालै आफ्नो टोलीलाई बोलाए र खु्रश्चेभको आदेश सुनाए । टोलीका सबै सदस्यले सकेसम्म छिटो काम गरी केही नया“ अवश्य उत्पादन गर्ने बताए ।

ँछोटो समयमा पूरा योजना नबनाई बनाएको यस्तो उपहार दर्ुघटनामा टुंगिने त होइन भन्ने कोरोलियोभलाई डर थियो । दशकौ“ परिश्रम गरेर आर्जन गरेको रुसी अन्तरिक्ष कार्यक्रमको प्रतिष्ठा धुलोमा मिल्ला भन्नेमा उनी चिन्तित थिए,’ कोरोलियोभका विशिष्ट सहयोगी चर्ेतकले भने । उनका अनुसार समयाभावका कारण सिद्धान्ततः नया“ यान बनाउन असम्भव थियो । तर, स्पुतनिक प्रथमकै केही अवधारणा सापट लिएर काम गर्नसकिने सम्भावना रहेको उनले बताए । कोरोलियोभले ख्रुश्चेभलाई सम्झाएका पनि हुन् । तर, ख्रुश्चेभस“ग तर्क गर्नु अमेरिकी एजेन्टको उपमा भिर्नु हुन सक्थ्यो । त्यसैले नया“ कार्यक्रम सुरु गर्ने उनीहरूले अक्टोबर १२ मा निर्ण्र्ाानै गरे ।

खु्रश्चेभ पटकपटक कार्यक्रमस्थलमा आउ“थे र भन्थे, ँआफ्नो अन्तरिक्ष कार्यक्रमले तिमीहरू अमेरिकीलाई जित्न सकौला र भन्ने लागेको थियो । तर, तिमीहरूले गरेर देखायौ । अब क्रान्तिको वाषिर्की मनाउ“दा केही नया“ गर्नुपर्छ । ल, है म अहिले हतारमा छु, म हि“डें ।’

यान तयार गर्न उनीहरूले एक महिना पनि लगाएनन् । कोरोलियोभलाई कसैले यस पालाको परीक्षणमा यानभित्र कुकुर राख्ने सल्लाह दियो । तत्कालै यो प्रस्ताव अनुमोदित भयो । यानभित्र कुकुर हालेर अन्तरिक्षमा पठाइने भयो ।

अन्तरिक्षयात्रा गर्दा जीवनमाथि कस्तो प्रभाव रहन्छ भन्ने तथ्य त्यतिबेला विश्वले थाहा पाएको थिएन । पृथ्वीबाट प्रक्षेपण गर्दा नै तापक्रमका कारण मृत्यु हुन सक्छ भन्ने उनीहरूको आशंका थियो । कोही अन्तरिक्षमा जीवजन्तु बा“च्नै नसक्ने ठोकुवा गर्थे । कसैले ँकेही फरक नपर्ने’ तर्क गर्थे । ँरुसीहरूले त्यतिबेला राम्रै गरेका हुन् । अन्तरिक्षमा मानव-जीवन सम्भव छ वा छैन भन्ने परीक्षण गर्न यो राम्रै तरिका थियो,’ नासाका पर्ूवनिर्देशक जिभेन मार्नकोस भन्छन् ।

सोभियत सत्ताले यसअघि पनि ब्यालिस्टिक मिसाइल परीक्षणमा कुकुर प्रयोग गरेको थियो । केही कुकुर यस्ता मिसनमा ब““ाच्न सफल भएका थिए । परीक्षणमा प्रयोग गरिएका कुकुर सबै भुस्याहा थिए । यस्ता कुकुर कठिन स्थितिमा पनि छिटो घुलमिल हुन सक्ने चिकित्सकहरूले ठहर गरेका थिए । ती साइजमा पनि साना थिए । सानो ठाउ“ पनि पर्याप्त हुन्थ्यो ।

खु्रश्चेभका लागि उपहारस्वरूप बनाइएको सो यान परीक्षणको १२ दिनअघि टोलीका डाक्टर भ्लादिमिर याज्दोभ्स्कीले यस्तै छाडा कुकुरमध्ये एक रोजे । पछि त्यसलाई नाम दिइयो( लाइका । ँलाइका चुप रहन्थ्यो र निक राम्रो थियो,’ सोभियत स्पेस मेडिसनको इतिहास बताउने आफ्नो पुस्तकमा डाक्टर याज्दोभ्स्कीले लेखेका छन् । लन्चप्याडमा लैजानुअघि कुकुरलाई आफ्नो घर लगेको पनि उनले खुलाएका छन् ।

लाइका कसरी छानियो भन्ने कथा फरकफरक छन् । कसैले उसको ँलुक्स’ का लागि लाइका छानिएको बताएका छन् भने कोही अन्तरिक्ष चिकित्सकमा उसप्रति एक प्रकारको सहानुभूति भएकाले रोजिएको दाबी गर्छन् ।

स्पुतनिक प्रथमको ँलाइफ सपोर्ट सिस्टम र इलिमेन्ट प्रयोग गरी कोरोलियोभ र उनको टोलीले डिजाइनलाई सरल बनाउन बुस्टरबाट उपग्रह नछुट्याउने निर्ण्र्ाागरेका थिए । यानमा एउटा क्याप्सुलसमेत तयार पारियो जसले कुकुरको जैविक प्रणालीमा सहयोग गथ्र्यो ।

एउटा मोटो सिद्धान्तका आधारमा उनीहरूले काम गरेका थिए । स्पुतनिक प्रथमबाट उनीहरूले ँएलएसएस’ बाहेक अरू आधार लिएनन् । कुनै ँब्लुप्रिन्ट’ नबनाई एकैपटक बनाएको यो यान अहिलेको स्तरस“ग तुलना हुन सक्दैन । ँअहिले कम्प्युटर छ, अत्याधुनिक औद्योगिक प्रसाधन छन् ,लेजरलगायतका अरू चिज छन् । तैपनि, एक महिनामा कसैले अन्तरिक्षयान बनाउन सक्छु भनेर सोच्दा पनि सोच्दैन,’ टोली सदस्य ग्रेभ्कोले भने, ँएक महिना त पेपर्रवर्कमा मात्र लाग्छ । पछि कोरोलियोभले मलाई यो उनको जीवनको सबैभन्दा खुसीको पल हो भनेका थिए ।’

परीक्षणको अन्तिम समयमा यानमा केही समस्या देखा परे । लाइका भित्र बसिसकेको थियो । क्याबिनको ढोका खुलेन । झन्डै तीन दिन लाग्यो ढोका खोल्नलाई तापक्रम निकै कम थियो । कोरोलियोभको टोलीले उसलाई न्यानो बनाइराख्न हिटर जडान गरिदिए । आवश्यक खाना भित्रै थियो । निकालेर खान कुकुर तालिम प्राप्त भइसकेको थियो । नोभेम्बर २ मा स्पुतनिक-२ ले जमिन छोड्यो । १११८ पाउन्ड तौलको सो यानमा गरिएको जोखिमयुक्त लगानीले तत्कालीन सोभियत सत्ता भयानक खर्च गर्नसमेत पछि हट्दैनथ्यो भन्ने ज्वलन्त प्रमाण दिन्थ्यो ।

स्पुतनिक-१ को तौल जम्मा १८४ पाउन्ड थियो । सन् १९५८ जनवरी ३१ मा अमेरिकाद्वारा पहिलोपटक पठाइएको अन्तरिक्षयानको तौल मात्र ३१ पाउन्ड थियो । अन्तरिक्षमा पुगेको लाइकाको रक्तसञ्चार सामान्य थियो । जमिन छाड्ने बेलामा उसको धड्कन बढेकाले डाटरहरू चिन्तित भएका थिए । आलोचकहरू उडेको केही घन्टामा कुकुर मरिसकेको बताउ“छन् भने केही उसलाई एक हप्तापछि र्सर्ुइ दिएर मारिएको दाबी गर्छन् । कुन समयमा कुकुर मर्‍यो भन्ने सा“चो तथ्य बाहिर आएको छैन ।

१९६० मा बेल्का र स्ट्रेल्का नामका कुकुर पनि अन्तरिक्ष गमनका क्रममा मारिएका थिए । कुकुरसहित केही अन्तरिक्ष उडान भरेपछि रुसले सन् १९६१ अप्रिल १२ मा युरी गागरिनलाई पहिलो मानवका रूपमा पठाएको थियो । सुरक्षित अवतरणको भरोसा नभएका बेला उनले आफ्ना सहकर्मीलाई एकपटक जोक पनि गरेका थिए( ँम को हु“ भन्ने मैले अहिलेसम्म बुझेको छैन“( अन्तरिक्षमा पहिलो मानव अथवा अन्तिम कुकुर ।’

गत शनिबार लाइका अन्तरिक्ष पुगेको ५० वर्षो अवसरमा रुसी वैज्ञानिकले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा वैज्ञानिकहरूले लाइकाको योगदानको चर्चा गरेका थिए भने पशु अधिकारवादीले उनीहरूलाई प्रेमपर्ूवक आफ्ना शौचद्वार देखाएका थिए । लाइकादेखि सुरु भएको यात्रा अहिले पर्यटक भ्रमणसम्म आइपुगेको छ । रुसले अब तयारी गरिरहेको मंगल ग्रहको यात्रामा कुन जनावरले मौका पाउने हो हेन बाकी छ ।
Naya patrika

Advertisements

0 Responses to “अन्तरिक्ष यात्राका पचास वर्ष”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: