नेपाल आदिवासी जनजातीको -ज्ञापन पत्र ।

नेपालको अन्तरिम संविधान २०६३ को दफा ४ ले नेपाल धर्म निरपेक्ष राज्य घोषणा गरिसके पश्चात् पनि धर्म निरपेक्ष राज्यको भावना विपरित नेपाल सरकारले विभिन्न कार्यहरु गर्दै आइरहेको हुनाले ती कार्यहरु तत्काल बन्द गरी धर्म निरपेक्ष राज्य सापेक्ष कार्यहरु गर्न यस १७ बुँदे ज्ञापन पत्रमा आवश्यक कारवाहीको लागि सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत ध्यानाकर्षा गराउँदछौं ।

मितिः २०६४ असोज २९

सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री गिरिजाप्रसाद कोईरालाज्यू,

प्रधानमन्त्रीको निवास, बालुवाटार, काठमाडौं ।

विषयः धर्म निरपेक्ष राज्यको भावना विपरित कार्यहरु भैराखेको सर्न्दर्भमा ज्ञापन पत्र ।

सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यू,

नेपालको अन्तरिम संविधान २०६३ को दफा ४ ले नेपाल धर्म निरपेक्ष राज्य घोषणा गरिसके पश्चात् पनि धर्म निरपेक्ष राज्यको भावना विपरित नेपाल सरकारले विभिन्न कार्यहरु गर्दै आइरहेको हुनाले ती कार्यहरु तत्काल बन्द गरी धर्म निरपेक्ष राज्य सापेक्ष कार्यहरु गर्न यस १७ बुँदे ज्ञापन पत्रमा आवश्यक कारवाहीको लागि सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत ध्यानाकर्षा गराउँदछौं ।

१. हिन्दू धार्मिक चार्डपर्वहरुलाई राष्ट्रिय चार्डपर्वको रुपमा र्सार्वजनिक विदा दिने कार्य तत्काल बन्द गरियोस् वा अन्य धार्मिक चार्डपर्वमा पनि हिन्दू धार्मिक चार्डपर्व सरह र्सार्वजनिक विदा दिने र सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द गर्ने व्यवस्था गरियोस् वा हिन्दू धर्मावलम्बीको चार्डपर्वमा हिन्दूहरुका लागि मात्र विदाको व्यवस्था गरियोस् र आ-आफ्नो चार्डपर्व अनुसार सम्बन्धित कर्मचारीलाई विदा दिने व्यवस्था गरियोस् ।

२. विगत २३८ वर्षेखि नेपाली सेना, प्रहरी लगायत राज्यको संयन्त्र एवं कोषलाई एकात्मक हिन्दु धर्मको चार्डपर्व मात्र मनाउने विभेदकारी, असमान र पक्षपातपर्ूण्ा परम्पराको तत्काल अन्त्य गरी बौद्ध, किराँत र अन्य धर्महरुको चार्डपर्वहरु समेत मनाउन नेपाली सेना, प्रहरी लगायत राज्यको संयन्त्र तथा कोषको न्यायोचित परिचालन गर्ने नया परम्पराको तत्काल थालनी गरियोस् ।

३. टँुडिखेलमा रहेको नेपाली सेनाको मञ्चलाई हिन्दु मात्रको चार्डपर्व दशैं मनाउनलाई मात्र प्रयोग नगरी ल्होसार/ल्होछार, छठ पर्व, उधौली उभौली लगायत विविध जातजातिका चाड पर्व मनाउनको लागि समेत उपलव्ध गराइयोस् ।

४. नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको हेडक्वार्टर लगायत सबै व्यारेकहरुमा विविध धर्महरुका साथै बौद्ध धर्मका प्रतीक बुद्धको मर्ूर्तिलाई तत्काल स्थापना गरी सैनिक र प्रहरीहरुलाई आ-आप\mनो धार्मिक आस्था अनुसार पूजाआजा गर्ने अवसर प्रदान गरियोस् ।

५. नेपाली सेना र प्रहरीहरुलाई आ-आप\mना धार्मिक आस्थाको विपरित अन्य धर्महरु मान्न बाध्य बनाउने कार्य तत्काल बन्द गरी अन्य धर्म मान्ने प्रहरी र सेनालाई दशैंको फूलपाती भित्र्याउने, दशैंको टिका ग्रहण गर्ने, पशुबली दिने र टुँडिखेलको हर्षबर्ढाई कार्यक्रममा सहभागिता गराउने कार्यलाई तत्काल बन्द गरी उनीहरुको मानव अधिकारको यथोचित सम्मान गरियोस् ।

६. ब्रिटिश सेनामा समेत कार्यरत बौद्ध धर्मावलम्बी गोरखाली सेनाको लागि बौद्ध धर्मको पूजारीको व्यवस्था भैसकेको पर्रि्रेक्ष्यमा नेपालमा पनि बौर्द्धधर्मका साथै अन्य धर्म मान्ने सेना र प्रहरी भएको पल्टन र व्यारेकमा सम्बन्धित धर्मका पूजारीको तत्काल व्यवस्था गरियोस् ।

७. नेपाली सेना र प्रहरी व्यारेकका साथै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा हिन्दू चाड पर्व मात्र नभई अन्य धार्मिक चाड पर्व समेत मनाइने परम्पराको थालनी गरियोस् ।

८. एकात्मक हिन्दु धर्मको चाड पर्व मनाउन दशैंको नाममा दिइने भत्ता तत्काल खारेज गरी आ-आप\mनो धामिर्क आस्था अनुसार धार्मिक चाड पर्व मनाउन “चार्डपर्व भत्ता” नामाकरण गरी वर्षा १ पटक भत्ता दिने व्यवस्था गरियोस् ।

९. हिन्दू धर्मावलम्बीहरु मात्रको दशैं लगायत अन्य चार्डपर्वलाई समस्त नेपालीहरुको चार्डपर्व भन्दै गलत ढंगले सरकारी संचार माध्यम लगायत अन्य निकायहरुबाट गरिने प्रचार प्रसार तुरुन्त बन्द गरियोस् । दशैं र तिहारलाई हिन्दु मात्रको चार्डपर्व भनेर सम्बोधन गरियोस् ।

१०. राज्यको संचारमाध्यम तथा निजी संचारमाध्यमहरुबाट सबै धर्मका चार्डपर्वहरुबारे हिन्दू धर्मको चार्डपर्व सरह प्रचार प्रसार गरियोस । हिन्दु धर्मका चार्डपर्वलाई मात्रै प्राथमिकता दिने विभेदपर्ूण्ा परम्परालाई तुरुन्त अन्त्य गरियोस् ।

११. पिपा गोश्वारामा कार्यरत सबैलाई स-सम्मान नेपाली सेनाका अन्य पल्टन सरह विस्तार एवं रुपान्तरण गरियोस् । नेपाली सेनाको पिपा गोश्वारा भित्र भएका पाशविक तथा अमानवीय कार्यप्रति नेपाल सरकार र नेपाली सेनाले माफी मागी सम्बन्धित परिवारलाई सम्मानपर्ूवक आवश्यक क्षतिपर्ूर्ति उपलब्ध गराइयोस् र हालको पिपा गोश्वारालाई संग्रहालयमा रुपान्तरण गरी पिपा गोश्वारा सम्बन्धि सम्पर्ूण्ा सामाग्री, अभिलेख र दस्तावेजहरु संग्रहालयमा पर््रदर्शनमा राखियोस् ।

१२. सरकारी निशान छापमा मृत संस्कृत भाषा “जननी जन्मभूमिश्च र्स्वर्गदपी गरियसी” लाई तत्काल हटाइयोस् र राष्ट्रिय जनावर गाईलाई खारेज गरियोस् ।

१३. राज्य साथै राजनीतिक दलहरुले हिन्दुहरुको चार्डपर्व जस्तै दशैंको जलपान कार्यक्रम गर्ने परम्पराको सट्टा सबै धर्मका चार्डपर्वलाई मनाउने परम्पराको थालनी गरियोस् ।

१४. सबै धर्मका चार्डपर्व बारे विद्यालयका पाठ्यपुस्तकमा समावेश गरियोस् वा हिन्दू धर्मको चार्डपर्व मात्र समावेश भएको पाठ्यपुस्तक प्रयोग नगरियोस् ।

१५. विभिन्न धार्मिक चार्डपर्वको नाउँमा निमुखा र निरीह पशुहरुलाई बलि दिने प्रथालाई कानूनी बन्देज लगाइयोस् ।

१६. सरकारी कार्यालयहरुमा एकल धर्मको प्रतीकलाई मात्र राख्ने चलनलाई अन्त्य गरी सबै धर्मका प्रतीकलाई राख्ने व्यवस्था गरियोस् ।

१७. तिहारको देउसी र भैलो कार्यक्रम हिन्दु धर्म मान्नेहरुकोमा मात्र खेलियोस् । अन्य धर्म मान्नेहरुलाई तिहारको देउसी र भैलो कार्यक्रममा बाध्यात्मक सहभागिता गराउने कार्य माथि कानुनी प्रतिवन्ध लगाईयोस् ।

निवेदकर्

धर्म निरपेक्ष राज्य कार्यान्वयन जनदवाव समिति

-नेपाल आदिवासी जनजाती माहसंघ अर्न्तर्गतका सुचीकृत भएका तथा नभएका सम्पर्ूण्ा जातिय संघहरु

लोकतान्त्रिक जातिय संघहरु र जातिय राष्ट्रिय मुक्ति मोर्चाहरु)

Advertisements

0 Responses to “नेपाल आदिवासी जनजातीको -ज्ञापन पत्र ।”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,056 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: