तिब्बती सुन्दरी

miss tibet 2007 भारतमा निर्वासित तिब्बती समुदायका युवतीबीच भएको सौन्दर्य प्रतियोगितामा २१ वर्षीया तेन्जिङ डोल्माले मिस तिब्बत २००७ को उपाधि जिते। यो प्रतियोगितामा पाँच जना युवतीको सहभागिता थियो। यो सौन्दर्य प्रतियोगिताले भारतमा निर्वासित जीवन बिताइरहेको तिब्बतीहरुको समुदायमा ठूलै बहस निम्त्याएको छ ।

प्रतियोगिताका समर्थकहरु भन्छन्- यो कार्यक्रम तिब्बतले भोग्नु परिरहेका समस्या उजागर गर्ने एउटा राम्रो अन्तर्राष्ट्रिय मञ्च हुनसक्छ ।

तर तिब्बतका धार्मिक नेताहरु भने यस्तो प्रतियोगिता बौद्ध सिद्धान्तविपरीत रहेको बताउँछन् । धार्मिक विभाग र निर्वासनमा रहेको तिब्बती सरकारले यस्ता कार्यक्रमलाइ रोक्न पर्याप्त कदम नचालेकामा उनीहरु असन्तुष्ट पनि छन् ।

निर्वासित सरकारका धर्म तथा संस्कृति मन्त्री छिरिङ फुन्टोस्क भन्छन्- विश्व परिवर्तन भइरहेको छ र यस्ता सौर्न्दर्य प्रतियोगिताहरु त्यही परिवर्तित विश्वका एक भाग हुन् । म के ठान्छु भने यस्ता सौर्न्दर्य प्रतियोगिताहरुले तिब्बतका विभिन्न मुद्दाहरुलाई उजागर गर्न सक्छन् । तर म के कुरामा पनि निश्चित छु भने ती समस्यालाई समाधान गर्ने अन्य उपाय पनि छन् । सौर्न्दर्य प्रतियोगिता नै एक मात्र उपाय होइन ।

मिस तिब्बतका सहभागीहरुले अर्न्तक्रिर्या, नृत्य, योगा, क्याटवाक र तिब्बती संस्कृति, वर्तमान घटनाक्रम, वातावरणका मुद्दा, संगीत र मानवअधिकार आदिका विषयमा प्रशिक्षण लिनुपर्छ ।

मिस तिब्बतको आयोजना भएको यो छैठौँ पटक हो ।

आयोजकहरुले पोहोरको प्रतियोगितामा स्वीमवेयर राउण्डलाई हटाएका थिए । तर यस पटक भने त्यो राउण्ड पनि राखिएको थियो ।
source- yosansar.com

Advertisements

1 Response to “तिब्बती सुन्दरी”


  1. 1 nero free download full version September 5, 2013 at 11:10 am

    I love reading through an article that can make people
    think. Also, thank you for allowing for me to comment!


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: