पत्रकार -आङ छिरिङ शेर्पालाई युके शेर्पा किदुगको कदरपत्र

लण्डन, ७ अक्टुबर । लण्डनको वेम्लीमा आयोजित एक कार्यक्रममा युके शेर्पा किदुगले सगरमाथा आरोही पत्रकार आङ छिरिङ शेर्पालाई उहाँले गर्नु भएको कामको लागि कदर तथा सम्मान गरेको छ ।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यबाहक राजदुत झविन्द्र अर्यालले आङ छिरिङ शेर्पालाई युके शेर्पा किदुगको कदरपत्र प्रदान गर्नु भएको थियो । सोही अवसरमा संस्थाका अध्यक्ष आङ कलजङ लामा तथा नेपाल पर्यटन प्रतिनिधि धु्रव केसीले युके शेर्पा किदुगको लोगो पनि आङ छिरिङलाई प्रदान गर्नुको साथै खादा ओढाएर सम्मान गर्नु भयो ।

प्रमुख अतिथि कार्यवाहक अर्यालले आङ छिरिङ शेर्पालाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो । पत्रकार तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष खगेन्द्र नेपालीले सगरमाथा चढ्ने पहिलो एशियाली पत्रकार अरु पत्रकारका लागि प्रेरणाको स्रोत हुनेछन् भन्नुभयो । नेपाल टुरिज्म बोर्डका प्रतिनिधि ध्रुव केसीले नेपालको पर्यटन विकासमा शेर्पा समुदायको योगदानका बारेमा ब्याख्या गरिरहनु पर्दैन भन्नुभयो ।

संस्थाका अध्यक्ष आङ्ग कल्जङ्ग लामाले कार्यक्रमको अध्यक्षता गर्दै आङ छिरिङ शेर्पाले पत्रकारिता क्षेत्रमा जुन योगदान गर्नु भएको छ त्यो सगरमाथा आरोहण भन्दा पनि महत्वपूर्ण छ भन्नुभयो । उहाँले शेर्पाले सगरमाथा आरोहण समेत गर्नु भएकोमा उहाँलाई बधाई ज्ञापन गर्नुभयो ।

लोकतन्त्रको लागि कान्तिपुर प्रकाशनको योगदान सराहनीय छ भन्नुहुँदै अध्यक्ष लामाले लोकतन्त्र स्थापनाका लागि उहाँलगायत सबै पत्रकारहरुको योगदानको सह्राहना गर्नुभयो । “समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने कुरा राख्दै आएका छौं” लामाले भन्नुभयो “संविधानसभाको निर्वाचनका लागि कुनैपनि राजनैतिक दलहरुले ब्यवधान खडा नगरुन भन्ने माग राख्न चाहन्छु ।”

युके शेर्पा किदुगका अध्यक्ष लामाले आङ्ग छिरिङ्ग शेर्पालाई प्रसंशापत्र प्रदान गर्दै हौसला प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । समझदारी बनाएका कुराहरुबाट कोही पनि पछाडि पर्नु हुँदैन भन्दै नेपालमा लोकतन्त्र स्थापनामा आङ्ग छिरिङ्गको थप योगदान मिल्दै जाओस भन्ने कामना गर्नुभयो ।

बुद्धिष्ट एशोसियसनका काजी शेर्पाले पत्रकारको तर्फबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने आङ छिरिङ शेर्पालाई सम्मान गर्न पाउँदा खुसी लागेको वताउँदै युके शेर्पा किदुगका तर्फबाट बधाई दिनु भयो । काजी शेर्पाले भन्नुभयो “उहाँ शेर्पा समाजको सम्पत्ती मात्र नभएर सम्पूर्ण नेपालीको शिर माथि पार्ने र पत्रकार क्षेत्रको नै गरिमा बढाउने व्यक्तित्व भएकोले हामी सबैको तर्फबाट उहाँलाई धेरै धेरै बधाई तथा धन्यवाद ।”

सम्मान पछि बोल्नुहुँदै सगरमाथा आरोही तथा पत्रकार आङ छिरिङ शेर्पाले विदेशको ब्यस्त समयका बावजुद पनि आफूलाई सम्मान गरिएकोमा आभार ब्यक्त गर्नु भएको थियो । पत्रकारिताको गरिमामय पेशाका बावजुद साहसीक रुपमा सगरमाथा आरोहण गर्न सकेको उहाँले बताउनु भयो ।

“कान्तिपुर पब्लिकेशन तथा पत्रकार महासंघ लगायत संस्थाले मलाई सहयोग गरेको थियो त्यही सहयोगका कारण मेरो प्रयास सफल भएको हो” पत्रकार शेर्पाले भन्नुभयो “विश्वको आँखा गढेको सगरमाथाका कथा उजागर गर्नुपनि मेरो उद्देश्य थियो र त्यसैका लागि मैले आरोहण गरेको हुँ ।”

बेस क्याम्प देखि सर्वोच्च शिखर सम्मको रिपोर्टिङ्ग गर्न पाउँदाका अनुभव सुनाउँदै आङ छिरिङ शेर्पाले भन्नुभयो “सवै क्याम्पको लाइभ प्रशारण गरेको थिएं र विश्वकै त्यसरी प्रत्यक्ष प्रशारण गरिएको घटना पहिलो थियो ।” विश्व शान्तिको कलस, नेपालको झण्डा, नेपाल पत्रकार महासंघ र बुद्धको झण्डा सर्वोच्च शिखरमा गाड्न सफल भएको प्रसंग समेत उहाँले दाहोर्याउनु भएको थियो ।

आङ छिरिङ शेर्पाले पर्वतारोहण पत्रकारिताका लागि कान्तिपुरमा काम गर्दै आउनु भएको छ । “अहिलेपनि कान्तिपुर मै काम गर्दै आएको छु” शेर्पाले भन्नुभयो “पुस्तक प्रकाशित गरेको छु, कान्तिपुरले प्रकाशित गरिदियो ।”

लोकतन्त्र स्थापनामा प्रवासका नेपालीको योगदान रहेको छ भन्नुहुँदै शेर्पाले संविधान सभाको निर्वाचन सम्पन्न हुनुपर्ने र अब मुलुकमा शान्ति छाओस् भन्ने कामना गर्नु भयो ।
कार्यक्रममा सहभागी सबैलाई विन्दी शेर्पाले स्वागत गर्नु भएको थियो ।
nepali sandesh 9 october 2007

source-http://sherpakyidug.org/forums/Messages.asp?idThread=2522

Advertisements

0 Responses to “पत्रकार -आङ छिरिङ शेर्पालाई युके शेर्पा किदुगको कदरपत्र”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: