नेपालबाट ओइरो

प्रशान्तलाई भोट गर्न शुभेच्छुकबाट एकै दिन लाखौं

बेनुपराज भट्टराई

दार्जिलिङ, इन्डियन आइडलको अन्तिम क्षण नजिकिँदै गर्दा प्रशान्त तामाङलाई जिताउन नेपालबाट शुभेच्छुकहरू आउने क्रम पनि बाक्लिँदै गएको छ । नेपाली आइडल बनेको देख्न चाहने उनीहरू बिटाका बिटा भोट-खर्चसहित प्रशान्त परिवारलाई भेटिरहेका छन् ।
बिहीबारकै कुरा गरूँ । प्रशान्त परिवारको तुङसुङस्थित डेरामा खुट्टा हाल्ने ठाउँ थिएन । आमा रूपा साँघुरा कोठामा शुभेच्छुकहरूलाई स्वागत गर्दै धन्यवाद दिन भ्याई-नभ्याई थिइन् । आफन्तहरू चियानास्ता टक्रयाउन व्यस्त । पहिलो शुभेच्छुक-टोलीमा थिए काठमाडौं बौद्धका चौध तामाङ महिला ।

‘बन्दले सडक अवरुद्ध भएका बेला ज्यान जोखिममा पारेर पनि आयौं,’ प्रशान्तलाई भोट-खर्च लिएर करिब सात सय किलोमिटर छिचोली आइपुगेका उनीहरूबीचबाट सुनियो- ‘प्रशान्तलाई इन्डियन आइडल बनाएर नेपालीको गौरव बनाउन यसरी मरिमेटेका हौं ।’

छोरङान तामाङ महिला समाजसम्बद्ध उनीहरूले बौद्धमा र्‍यालीसहित घर-घरबाट बटुलेको एक लाख आठ हजार रुपैयाँ प्रशान्त- आमालाई हस्तान्तरण गरे । र कामना गरे- ‘हाम्रो यो सहयोग प्रशान्तलाई जिताउने माध्यम बनोस् ।’ सोनी टिभीको प्रतियोगिता सुरु भएको छ महिनायता नेपालबाट एकमुस्ट आएको रकममध्ये त्यो ठूलो परिमाणको थियो । नेपाली महिला समूहको यस्तो उदारताबाट प्रशान्त- आमाले गद्गद् हुँदै भनिन्- ‘तपाइंर्ंहरूको गुन कहिल्यै बिर्सने छैनौं । प्रशान्तलाई जिताउन यो रकम खर्चिनेछौं ।’ खरसाङ हुँदै दार्जिलिङ आइपुगेका काठमाडौंली महिलाहरू आइतबारको अन्तिम चरणसम्म भोट गर्दै यतै बस्नेछन् ।

यही मेसोमा इलामको फिक्कलबाट पनि सात जना युवा पनि प्रशान्त-डेरामा झुल्किए । इडेन भ्याली क्लबका तर्फबाट ल्याएको रकम प्रशान्तकी आमालाई दिँंंदै उनीहरूले अब ढुक्कै बसेर एसएमएसमार्फत भोट गर्ने बताए । ‘प्रशान्तलाई आइडल बनाएर मात्र घर र्फकन्छौं,’ क्लब अध्यक्ष पुण्य मुखिया भन्दै थिए- ‘नेपाली युवकको यत्रो सफलतालाई सबै जुटेर थप उचाइमा पुर्‍याउनुपर्छ ।’

बिहीबार एकै दिन नेपालबाट आठ समूह तुङसुङ पुगेका थिए । हालसम्म ७० भन्दा बढी समूहमार्फत लाखौं रुपैयाँ प्राप्त भएको प्रशान्तकी आमा रूपाले बताइन् ।

प्रशान्त विजेता भएको हेर्न चाहने अन्य नेपाली टोली निकै दिनदेखि दार्जिलिङमै डेरा जमाई भोटमा जुटिरहेका छन् । प्रतिव्यक्ति पाँच हजार खर्चेर आएको बताउने पश्चिमी जिल्ला तनहुँस्थित हेल्पिङ ह्यान्ड संस्थाका नौ युवकले ३० हजार रुपैयाँ बराबरको भोट गरिसकेका छन् । काठमाडौंस्थित गोर्खा अभियानका शुभेच्छुकहरू पनि यतै जमेका छन् । तामाङ घेदुङ संघ, ओमनम म्युजिक प्रालि, आईएफएस नेपाललगायतका शुभेच्छुकहरू नेपालमा यातायात बन्द भएपछि पैदलै दार्जिलिङ आइपुगेका छन् ।

प्रशान्तका लागि हङकङ, बु्रनाई, अमेरिका, बेलायत, भुटानबाट पनि सहयोग मिलिरहेको छ । सिक्किमका सशस्त्र प्रहरीले डेढ लाखजति प्रदान गरेका छन् ।

भोट-रकम जुटाउन कतै यज्ञ लगाइएको छ भने कतै चिट्ठा उठाइएको छ । सडकमा दिनहुँ र्‍याली निस्किरहेका छन् । ‘होलटाइम खटेर भोट गर्ने धेरै छन्,’ दार्जिलिङ टाइम्स डट कमका संवाददाता दिवाकर क्षेत्रीले भने- ‘चौबीसै घन्टा भोट गइरहेकाले प्रशान्तले जित्नेमा विश्वस्त छौं ।’

नेपाली गाडीलाई खुला

प्रशान्तलाई भोट गरे होटलहरूले खानबस्न निःशुल्क गरेको केही दिनपछि नेपालका शुभेच्छुकहरूलाई दार्जिलिङ प्रशासनले पनि अर्को सुविधा दिएको छ । तपाईं गाडी लिएर उता जान चाहनुहुन्छ भने निर्धक्क हुनुस् ।

इलाम संवाददाता विप्लव भट्टराईका अनुसार सीमा नाकामा तीन दिनयता नेपाली नम्बर प्लेटका सवारी साधनलाई कडाइ गर्न छाडिएको छ । सर्त छ- तपाईंले प्रशान्तलाई भोट गनर्ुपर्छ । अनि मज्जाले घुम्नुस् दार्जिलिङ ।

‘प्रशान्तलाई आइडल बनाउन नेपालका बासिन्दाले देखाएको तत्परतालाई कदर गर्दै सीमा खुला गरिएको हो,’ पशुपतिफाटक थानाका बीबी राईले भने- ‘नेपालबाट जति धेरै सहयोग मिल्छ, प्रशान्तले जित्ने सम्भावना उति हुन्छ ।’

यो सुविधापछि पशुपतिनगर नाकाबाट मात्र दैनिक दर्जनौं नेपाली नम्बर प्लेटका गाडीहरू दार्जिलिङ जाने गरेका छन् । फिक्कल र पशुपतिनगर, बिर्तामोड, विराटनगर, धरानलगायतबाट गाडीका गाडी शुभेचछुकहरूको ताँती लाग्न थालेको छ । ‘कतिले त्यतैबाट भोटिङ गरे त कतिले संकलन गरेको रकम प्रशान्त परिवारलाई बुझाए,’ बिहीबार मोटरसाइकलबाट दार्जिलिङ पुगी फर्केका फिक्कलका हरि लुइँटेलले सुनाए ।

प्रशान्तलाई आइडल बनाउन इलामका गाउँगाउँमा पनि उत्तिकै प्रचारप्रसार र रकम संकलन गरिएको छ । केबल नेटवर्कको प्रसारण क्षेत्रबाहिरका गाउँबाट रकम संकलन गरी सीमावर्ती क्षेत्रका टेलिफोन बुथबाट भोट गर्ने गरिएको छ ।

Posted on: 2007-09-20 22:20:20

Advertisements

0 Responses to “नेपालबाट ओइरो”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: