मेघालयमा सास्ती for nepalese…

उपेन्द्र पोखरेेल

काँकडभिट्टा, इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन नेपालदेखि भारतका अधिकांश शुभेच्छुकहरू र्‍याली र भोटिङमा व्यस्त भए पनि उनका प्रतिस्पर्धी अमित पालको गृहराज्य मेघालयका नेपालीलाई भने स्थानीय समुदायले प्रशान्तलाई भोट नगर्न धम्क्याइरहेका छन् ।
यही भएर मेघालयमा प्रशान्त पक्षमा र्‍यालीसम्म निस्केको छैन । ‘प्रशान्त पक्षमा अभियान चलाए आक्रमण गर्ने र राज्यबाट निकालिदिने धम्की आउने गरेको छ,’ प्रवासी नेपाली संघका पूर्वोत्तर राज्य समितिका तिल- बहादुर विश्वकर्माले कान्तिपुरसँग फोनमा भने- ‘अमित पक्षको अभियानमा हामीलाई जबरजस्ती सामेल गराइरहेका छन् ।’ बंगाली मूलका अमित शिलङकै हुन् ।

त्यहाँको खासी समुदायबाट वर्षौंदेखि सताइएका नेपालीहरू यस पालि राज्य सरकारबाटै मारमा परेका छन् । विश्वकर्माका अनुसार सरकारले हरेक शनिबार रातिदेखि आइतबार बिहानसम्म राज्यभरका पिसिओ बुथबाट निःशुल्क भोटिङको व्यवस्था गरेको छ । तीन सयभन्दा बढी बुथमा यस्तो सुविधा उपलब्ध छ । शिलङ, जोबाई, टुरा लगायतका मुख्य सहर र ग्रामीण क्षेत्रका बुथ भोटिङका लागि रातभर खुल्ला रहने गरे पनि नेपालीहरूलाई भने भोटिङ समयमा टेलिफोन बुथमा प्रवेश गर्नसमेत निषेध गरिएको छ । ‘हामीले लुकेर मोबाइलबाट मात्र भोटिङ गरिरहेका छौं,’ विश्वकर्माले

भने ।

उनका अनुसार रिभई जिल्लाको भैलोबुङमा खासी समुदायका अगुवाहरूले अमितले आइडल उपाधि प्राप्त नगरे नेपालीलाई राज्यबाट लखेट््ने धम्की दिइरहेका छन्् । शिलङका कोइलाखानीमा कार्यरत नेपालीहरूलाई समेत जबर्जस्ती अमित अभियानमा सामेल गर्ने गरिएको छ । ‘नगए कामबाट निकालिदिने धम्की दिने गरेका छन््,’ विश्वकर्माले भने । कोइलाखानीमा सयौं नेपाली आबद्ध छन्् । मेघालयमा करिब एक लाख नेपालीको बसोबास रहेको अनुमान छ ।

Posted on: 2007-09-12 20:58:13 kantipur

Advertisements

0 Responses to “मेघालयमा सास्ती for nepalese…”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,056 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: