एसएमएस गरे खानबस्न सित्तैं

बेनुपराज भट्टराई

दार्जिलिङ, प्रशान्त तामाङ इन्डियन आइडलको अन्तिम दुईमा पुगेकामा खुसी हुनुहुन्छ तर सीमा र अर्थको अड्चनले उनलाई भोट गर्न पाउनुभएको छैन भने पछिल्लो अभियानले तपाईंलाई हषिर्त बनाउनेछ । उनको पक्षमा एसएमएस गर्न चाहने नेपालका शुुभेच्छुकलाईर् दार्जिलिङमा निःशुल्क गाँसबासको चाँजो मिलाइएको छ ।

एक्लै वा हूल बाँधिएर आए पनि चिन्ता लिनुपर्दैन । धक फुकाएर बस्नुस्, खानुस् र मन लाग्दी भोट गनर्ुस् ।
प्रशान्तलाई भोट गर्न चाहना भएका नेपालका पmयानहरूले मन बाँध्न नपरोस् भनी दार्जिलिङ र मिरिकका होटलले शुक्रबार बेलुकीदेखि सुरु हुने साताव्यापी ‘भोटिङ पिरियड’ सम्म सित्तैं खानबस्नको जोहो गरेका हुन् । निकै टेलिफोन बुथ पनि निःशुल्क गरिएको छ ।

‘प्रशान्तलाई फाइनल जिताउन यस्तो जुक्ति निकालिएको हो,’ सञ्चारकर्मी विमल राईले भने- ‘यसले नेपालीलाई आर्थिक राहत मिल्छ भने प्रशान्तलाई भोट ।’ निःशुल्क गरिएका बुथबाट नेपाली मात्र होइन, जोकोहीले प्रशान्तलाई भोट गर्न सक्नेछन् । नेपालबाट आएकाले ‘हिमालय दर्पण’ दैनिकको कार्यालयमा सम्पर्क गरेपछि खानेबस्ने सुविधा पाउनेछन् ।

गायनसम्बन्धी औपचारिक शिक्ष्ाा हासिल नगरे पनि २८ हजार प्रतिस्पर्धीलाई उछिनेर फाइनलमा पुगेका प्रशान्तलाई नेपालतिरका सयौं पmयानले यतै आई भोट गरेका छन् ।

कतिपयले रकम संकलन गरी पठाउने गरेका छन् । चितवनबाट सुजता तामाङको सक्रियतामा संकलित ३१ हजार रुपैयाँ हालै प्रशान्त परिवारको हात परेको छ । इलाम, झापा, मोरङ, सुनसरीका विभिन्न स्थानमा पनि रकम

संकलन जारी छ । काठमाडौंबाट रकमसहित फ्यानहरू समूह-समूहमा आइरहेका छन् ।

यताका प्रशान्तको पक्षमा प्रचार चुलिएकै छ । संगीतकर्मीहरू पनि खुलेर लागेका छन् । ‘यतिन्जेलको विजययात्रा सार्थक पार्न उनलाई जिताउनैपर्छ,’ प्रशान्त प्रचारका लागिसीडीसमेत निकालेका गायक सागर किरणले भने- ‘अन्तिम अवस्थामा अझै धेरै भोट गनर्ुपर्छ ।’

दार्जिलिङ गोर्खा पार्वत्य परिषदले टेलिफोन बुथ निःशुल्क तुल्याई सबैलाई भोट गर्न आग्रह गरेको छ । डुवर्समा प्रशान्त पक्षमा दर्जनभन्दा बढी बुथ निःशुल्क गरिएका छन् । सिक्किममा मुख्यमन्त्री पवन चामलिङले प्रशान्तलाई भोट गर्न ठूलो धनराशि खर्चिन पछि नपर्ने भन्दै दुई दिनअघि टेलिफोन बुथ निःशुल्कको घोषणा गरेका छन् ।

कान्तिपुर संवाददाता प्रदीप मेयाङबोका अनुसार धरानका शुभेच्छुकहरू पनि प्रशान्त अभियानमा लागिपरिरहेका छन् । तिनमा अगाडि देखिएको छ- नेपाल तामाङ घेदुङ संघ सुनसरी । हालसम्म करिब ८० हजार रुपैयाँको भोट दिइसकेको संघ सचिव सुरज लामाले बताए । उनका अनुसार हङकङका नेपालीहरूले १२ हजार रुपैयाँ पठाएका छन् र धनकुटा, झापा, चितवन, पोखरा, काठमाडौंलगायतबाट संघलाई हजारौं रुपैयाँ आइरहेको छ । ‘जुटेको रकम दार्जिलिङ पुर्‍याइरहेका छौं,’ उनले भने ।

प्रशान्त प्रचारका अर्का संयोजक बाबुराम योञ्जनका अनुसार विदेशबाट पनि रकम आउन थालेको छ । आउँदो सातासम्म एक लाख रुपैयाँ भोटमा खर्चिने उनले जनाए ।

यस्तै, मध्यमाञ्चलको जिल्ला काभ्रेका पmयानहरूले ३७ हजार रुपैयाँ जुटाएका छन् । रत्न लामाको संयोजनमा समिति बनाई उनीहरूले चार दिनयता नगद संकलनमा लागेका छन् । उक्त रकम दार्जिलिङ गई प्रशान्तलाई भोट गर्न खर्चिने समिति सदस्य विजय लामाले

बताए । ‘ब्यानरसहित घरघर गई रकम उठाइरहेका छौं,’ उनले भने ।

Posted on: 2007-09-12 20:57:00 h.kantipur

1 Response to “एसएमएस गरे खानबस्न सित्तैं”


  1. 1 Buddhis Slyangdan September 17, 2007 at 8:57 am

    Winners never loose the battle, Prashant !

    Prashant is a prolific singer , he enjoys singing , he is born for singing, he deverves an indian idol.

    Prashant is mero hero, mero sathiko hero ani sabko hero
    he is hero everywhere, prashant should win, will win

    wishes from Sindhupalchowk, thakani
    near Kathmandu
    nepal


Leave a comment




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,300 hits

my photos

boulder

Nepali Headline news!!!