
जीटिभीको यो स्टेजमा जति समय रहन्छु, त्यस बेलासम्म उत्कृष्ट पर्फर्मेन्स दिनेछु र विश्वभर रहेका नेपालीहरूको इज्जत बढाउने काम गर्नेछु,’ जीटिभी सारेगमपमा उत्कृष्ट १८ भित्र छनोट भएर आफ्नो गायकी प्रस्तुत गरिसकेपछि दार्जीलिङे युवा कर्माले भने- ‘यो स्टेजमा आएर निणर्ायकहरूको मन जित्न सक्नु नै मेरो सफलता हो, मेरो सपना पूरा भएको छ ।’ नेपाली मूलका कर्माले यसो भन्नेबित्तिकै संगीतकारद्वय साजिद-वाजिद खानले तिमी अझै माथि पुग्न सक्ने गायक हौ भन्दै उनको उत्कृष्ट गायकीको प्रशंसा गरे ।
सुप्रसिद्ध गायक दलेर मेहन्दीले कर्माको गायन खुबीको खुलेर चर्चा गरे । ‘बेस्ट क्वालिटीको सिंगिङ भ्वाइस छ तिम्रो,’ उनले भने- ‘वषार्ंै लगाएर संगीतको विशेष कक्षा लिएकाहरूले पनि यतिको दमदार प्रस्तुति दिन सक्दैनन् ।’ कार्यक्रम प्रस्तोताले पहाडको ताजापन कर्मामा भएको बताउँदा दलेरले पनि त्यो कुरालाई समर्थन गरेका थिए । कर्मामा प्रचुर क्षमता भएको उनको प्रतिक्रिया थियो ।
कर्माले आफ्नो गीत सकिएलगत्तै दर्शकदीर्घाबाट वान्समोरको फिडब्याक पाए । Continue reading ‘दार्जीलिङका कर्मा शेर्पा Zee TV SAREGAMAPA singing superstar २०१० मा’

Recent Comments