संसार चकित पार्दै परिवर्तनको ठूलो फड्को मार्नेगरी भएका ठूला तीनवटा क्रान्तिको नाम शर्ीष्ा स्थानमा राखिन्छ । पहिलो, प|mान्सेली क्रान्ति, दोस्रो अमेरिकी क्रान्ति र तेस्रो रुसी अर्थात् अक्टोबर क्रान्ति । प|mान्सेली क्रान्ति सामन्ती राजतन्त्रविरुद्ध पहिलो लोकजनवाद स्थापना गर्न आधारित थियो । अमेरिकी क्रान्ति नवउपनिवेशवादी विश्व साम्राज्यविरुद्ध लडिएको पहिलो सफल स्वतन्त्र क्रान्ति थियो । यी दुवै क्रान्ति केन्द्रबाट तलतर्फविस्तार गर्दै लडिएका थिए । रसियन अक्टोबर क्रान्ति जो यी दर्ुइभन्दा र्सवथा भिन्न प्रकृतिको थियो, जो तलबाट अर्थात् आधारबाट उठेर माथितिर विस्तार भएको थियो । अक्टोबर क्रान्ति अरूभन्दा पहिलो र भिन्न यसकारण पनि थियो कि यो क्रान्ति र्सवहारा मजदुर र किसानको राज्यमा प्रभुत्व स्थापित गर्नेगरी भएको थियो । यो क्रान्तिले संसारभरका श्रमजीवी वर्गलाई ‘समाजवादी राज्य’ स्थापित हुनसक्छ भन्ने आसा जगाइदिएको थियो ।
सन् १९९१ मा सोभियत संघ विघटन भएपछि यो क्रान्तिको महत्त्व नरहेको, ‘इतिहासको अन्त्य भएको’ घोषणा गरिए पनि पुनःसमाप्त भइहालेको छैन भन्ने कुरा संसारमा देखापरिरहेका परिवर्तनका वर्तमान लहरले यसको महत्त्व पुनःस्थापित हु“दै आइरहेछ । अक्टोवर क्रान्तिलाई नया“ क्यालेन्डर अनुसार नोभेम्बर ७ को दिन ९० औं वर्षा“ठका रूपमा सम्झना गरि“यो ।
अक्टोबर क्रान्ति -जुलियन पात्रोअनुसार २५ अक्टोबरलाई मानिएको र भनिएको) पछि स्थापित लेनिन नेतृत्वको सरकारले १४ वटा शक्तिशाली राष्ट्रहरूको गठबन्धनको युद्ध हस्तक्षेप व्यहोर्नुपर्यो । जसले गर्दा क्रान्तिको पहिलो सत्रमै अर्थतन्त्र लगभग डा“वाडोल हुन पुग्यो । समाजवादी उत्पादन सम्बन्ध निर्माण गर्ने कार्यमा अवरोध देखापर्यो । सन् १९२१-२९ को अवधिमा मात्रै नया“ आर्थिक नीति लागू गरियो । त्यसबेला कृषि र औद्योगिक उत्पादन वृद्धिमा जोड दि“दै युद्ध तथा सम्भावित खाद्य संकट टार्ने प्रयत्न गरियो । यसको अर्थ सन् १९३० सम्म न कृषि र्फम न उद्योगधन्दाहरूको स्वामित्वको सामूहिकीकरण गरिएको थियो न राज्यको स्वामित्वमै गा“सिएको थियो । यसबाट अक्टोबर क्रान्तिको अगाडि र पछाडि भएका युद्धजन्य अवस्थामा शान्तिपर्ूण्ा ढंगले समाजवादतर्फरूपान्तरण गर्न कठिन हुनेरहेछ भन्ने संकेत मिलेको थियो । शक्तिशाली वर्गले आफूले उपभोग गरिआएका सुखसुविधा सजिलै छाड्दैनन् भन्ने पुष्टि भएको थियो ।
सन् १९१७ मा बोल्सेभिक पार्टर्ीी सत्ताकब्जा गर्दा मजदुरलाई साथ लिएका थिए र उद्योगमा मजदुरको नियन्त्रणमा सोभियत स्थापित गरेका थिए । यद्यपि सोभियत इतिहासलाई गम्भीरतापर्ूवक दृष्टि दिइ“दा नया“ आर्थिक नीति -१९२९) र बृहत् देशभक्तिपर्ूण्ा युद्ध -१९४१) बीच दर्ुइ ठूला र महत्त्वपर्ूण्ा द्वन्द्व देखापर्छन् । पहिलो अवधिमा उत्पादनका साधनमाथिको स्वामित्व सामूहिक र राज्यको नियन्त्रणभित्र राखियो । त्यसबेलाका शासक जोसेफ स्टालिनले समाजवाद प्राप्त भइसकेको र वर्गहरू समाप्त भइसकेको घोषणा गरेका थिए । दोस्रो, बोल्सेभिक पार्टर्ीीई स्टालिनले कमजोर बनाइसकेका थिए । समाजवादी अवधारणाअनुसार सोभियतहरूमाथि मजदुर तथा किसानको निर्ण्र्ाागर्ने क्षमता र अधिकारलाई समाप्त पार्दै कर्मचारीतन्त्रको अधिनायकत्व स्थापित गरेका थिए ।
त्यसपछि समाजवादको नाममा कर्मचारीतन्त्रले सैद्धान्तिक रूपमा राज्यमा निर्ण्ाायक भूमिका निर्वाह गर्यो । खासगरी राजकीय सम्पत्तिको स्वतन्त्र वितरणको अर्थमा । किसान, मजदुर र अन्य पेसेवर शक्ति र व्यक्तिहरूको निर्ण्ाायक क्षमता कमजोर हु“दै गयो । त्यसबेलाका अर्थतन्त्रका ‘वाम’हरूलाई सोभियत संघ ‘समाजवादी’, ‘संशोधनवादी’, ‘मजदुरको अधिकारविहीन राज्य’ के हो भन्ने छुट्याउन अप्ठ्यारो पर्नगयो । किनकि कर्मचारीतन्त्र जो ४० को दशकदेखि सत्ताधारी वर्गका रूपमा स्थापित भएको थियो, असफल हुनपुग्यो । किनकि यसको न उत्पादनस“ग सा“चो अर्थमा सम्बन्ध भयो, न पु“जीलाई आफ्नो स्वामित्वभित्र राख्न सक्यो, नत तिनले आफ्नो फाइदाका लागि चाहिनेजति बचत नै व्यवस्थित गर्न सक्यो । राजकीय उद्यमहरू व्यवस्थापकीय सफेद पोसहरूको प्रत्यक्ष नियन्त्रणमा थियो । बा“की रहेको राष्ट्रिय बचत र त्यस बचतलाई राज्यका नाममा पुनः लगानी गर्ने अधिकार पनि उनीहरूस“गै थियो । तिनीहरू उत्पादन सम्बन्धका आधारमा उच्चवर्गमा स्थापित भएका थिए । तिनले विस्तारै वर्गीय खाडल कोर्दै लगेका थिए, जहा“ प्रथम श्रेणीमा म्यानेजरहरू, दोस्रो श्रेणीमा बुद्धिजीवीहरू
-जसले बुद्धि बेच्थे) र तेस्रो वर्गमा मजदुरहरू पर्थे । राज्य पर्ूण्ारूपमा राजकीय पु“जीवादी व्यवस्थामा आधारित बनिसकेको थियो ।
सन् १९६० पछि मजदुर वर्ग र बौद्धिक व्यक्तित्वहरूले राज्यव्यवस्थित पु“जी र त्यसमा हुने लुटखसोट वा भ्रष्टाचारबाट आफूलाई अलग्याइसकेका थिए । त्यतिबेलासम्म शक्तिशाली वर्गहरूले कालोबजारी र भूमिगत अर्थतन्त्रको ठूलो सञ्जाल खडा गरिसकेका थिए । त्यसैले १९६० को दशकमा सोभियत संघमा कसले, कुन वर्गले राज्य गरिरहेको हो भन्ने निक्र्योल नै थिएन । त्यतिबेला लगाइएको नारा थियो, “राज्यको सेवा गर”,
त्यसैले राज्य कुनै पनि हालतमा मजदुर वर्गको हातमा थिएन ।
सन् १९९१ को दिसम्बर महिनामा बोरिस एलत्सिनले सोभियत संघ विघटन गर्दा र सबै गणराज्यलाई आ-आफ्नै तवरले स्वतन्त्र भएको घोषणा गरिरह“दा अथवा रसिया अबका दिनमा बजार अर्थतन्त्रमा जानेछ भनिरह“दा विरोधमा कुनै आवाज उठेन । कुनै प्रतिकार भएन । धेरैलाई अचम्म लाग्यो, कुनै ठूलो विध्वंसबेगरै त्यत्रो ठूलो प्रतिक्रान्ति हुनपुग्यो । धेरै वामपन्थीहरू रसियन समाजवाद समाप्त भएकोमा र तथाकथित समाजवादी उत्पादन पद्धति समाप्त भएकोमा दिक्दार भएका थिए । तर त्यहा“का मजदुर, किसान र बुद्धिजीवीहरूलाई केहीले छोएन । किनकि उनीहरूले तथाकथित कर्मचारीतन्त्रीय समाजवादस“ग उहिल्यै नाता तोडिसकेका थिए ।
सोभियत संघको विघटन पश्चातको रसियाका पहिला राष्ट्रपति हुनपुगेका बोरिस एलत्सिनले ठूलठूला राज्यअधीनस्थ उद्योगधन्दाहरू बिक्री गर्ने ठूलो अभियानै चलाए । नजिकका नातेदार तथा मुठ्ठीभर सहायकलाई उद्यमहरू बिक्री गरे । तिनै खरिदकर्ताहरू नवधनाढ्य पु“जीपति वर्गका रूपमा स्थापित हुनपुगे । तर के भन्न सकिन्छ भने कुनै बेला सोभियत कम्युनिष्ट पार्टर्ीीे वरिष्ठ नेताका रूपमा रहेका बोरिस एलत्सिन त्यहा“को ब्युरोक्र्याट्सहरूको, प्राकृतिक रूपमै वर्गीय, पु“जीवादका लागि राजकीय पु“जीवादविरुद्ध वा यथास्थितिवादविरुद्ध सामाजिक उत्पादन सम्बन्धस“ग कुनै सरोकार राख्दैन्थ्यो । एलत्सिनका निम्ति निजीकरण अभियान चलाउनु भनेको विपक्षीहरूको शक्तिका कर्मचारीतन्त्रभित्र रहेका आधार भत्काउनु थियो । त्यसभित्र आफ्नो शक्ति स्थापित र मजबुत बनाउनु थियो ।
त्यसैगरी वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनका हकमा निजी सम्पत्तिको रक्षा गर्नुपर्ने कुनै बाध्यात्मक वर्गीय कारण छैनन् । बितेका केही वर्षा राज्यनियन्त्रित अर्थतन्त्रको पुनःस्थापना गर्ने उनका प्रयत्नहरू- खासगरी खनिज तेल
-रोसनेफ्ट), प्राकृतिक ग्यास -ग्याजपोर्म), तेल तथा पेट्रोकेमिकलबाट चल्ने यातायात -ट्रान्सफ्ट र ट्रान्सनेफ्ट प्रोडक्ट), अटोमोबाइल -अटोभ्याज), मेटल्स -भास्मपो-अभिस्मा), एभियसन -युनाइटेट एयर क्राफ्ट कर्पोरेसन) र सिप-बिल्डिङलाई लिन सकिन्छ । बजार अर्थतन्त्रका आधारमा स्थापित मुठ्ठीभर पु“जीपति वर्गले लामो सयमदेखि स्थापित कर्मचारीतन्त्रको शक्तिमाथि चुनौती दिनथालेपछि ती पु“जीपतिहरूको शक्ति ध्वस्त पार्नकै लागि राज्यक्षेत्रलाई बलशाली बनाइएको हो । त्यसैले के भन्न सकिन्छ भने न एलत्सिनको निजीकरण अभियान नत पुटिनको राज्य बलियो बनाउने अभियान यी दुवैलाई न प्रतिक्रान्ति नत क्रान्ति नै भन्न सकिन्छ । यो मात्र कर्मचारीतन्त्रलाई बलियो बनाउ“दै शक्ति हात पार्ने र विपक्षीलाई न्युट्रल राख्ने उपायमात्र हुन् ।
यस्ता अनेकन कमजोरी र अन्तरद्वन्द्व बाबजुद सोभियत संघले लगभग ४५ वर्षम्म भूमण्डलीय साम्राज्यवादी शक्तिलाई प्रतिरक्षात्मक सन्तुलन गर्ने काम गरिरह्यो । राजकीय पु“जीवादले उत्पादन, विज्ञान तथा प्रविधि, न्युक्लियर वारहेड्सहरू निर्माण गर्ने कुरामा आफूलाई प्रतिस्पर्धी बनाइरह्यो । जसका कारण संयुक्त राज्य अमेरिकाले सञ्चालन गर्न चाहेका वा गरेका युद्धहरूलाई पराजित गराउन भूमिका निर्वाह गर्यो । तर अफ्गानिस्तानमा गरेको हस्तक्षेप र देशभित्रै हुनलागेको राजनीतिक परिवर्तनपछि ऊ यति कमजोर हुनपुग्यो कि उसले इराकमा सन् १९९१ मा भएको हस्तक्षेपलाई रोक्न सकेन । त्यसपछिका दिनमा कसले अमेरिकी सर्वोच्चतालाई स्वीकार गर्यो – तर उसले आजका मितिसम्म सबै खाले प्रभुत्ववाद, अन्तर्रर्ााट्रय कानुन उल्लंघनका घटनाको विरोध गर्दै आइरहेको छ । एउटा ब्युरोक्र्याटिक राज्य -अमेरिकालाई क्यापिटलिष्ट स्टेटका रूपमा लिइ“दा) ले त्यतिबेला युरोप र अमेरिकाझैं विकासशील देशहरूमा साम्राज्यवादविरुद्ध र लोकतन्त्र प्राप्तिका आन्दोलनहरूमा आक्रमक हुनुभन्दा मेलमिलाप कायम गरेर जानुपर्ने धारणा बनाएको देखिन्छ ।
१९१७ को अक्टोबर क्रान्ति सबै खाले थिचोमिचो, शोषण, अत्याचार र विभेद समाप्त पार्ने उद्देश्यले सम्पन्न भएको थियो । तर नेतृत्वको गलत रवैया र सोचका कारण ब्युरोक्र्याटिक दलदलमा फ“स्यो । पर्याप्त सफलताका बाबजुद सम्पर्ूण्ा शक्तिलाई बलशाली बनाउने, राज्यमा सम्पर्ूण्ा शक्तिको पहु“च विस्तार गर्ने वा हुने संयन्त्र निर्माण नगर्नाले वा भएकालाई व्यवस्थित नबनाइनाले असफल हुनपुग्यो । त्यसो हुनमा स्थापित भएका सोभियतहरूको लोकतान्त्रिक संरचना नष्ट गर्नाले भएको भन्न मिल्छ । र्
वर्तमान विश्व खासगरी १९९० को दशकपछि नवउदारवादी बजार व्यवस्थाको तथाकथित सिद्धान्तको आधारमा साम्राज्यवादी स्वार्थले अभ्रि्रेरित भूमण्डलीकरणको दलदलमा फ“स्न पुगेको छ । समाजवादी र पु“जीवादी पुराना सैद्धान्तिक मान्यतालाई समाप्त पार्दै यसले मानवीय विकासको ऐतिहासिक क्रमलाई भंग गरिदिएको छ । वैज्ञानिक तथा प्राविधिक क्रान्तिका नाममा समाज रूपान्तरणको बुझाई र त्यस रूपान्तरणका लागि हुने सबै खाले व्रि्रोह र द्वन्द्वलाई पंगु बनाउने काम भएको छ । यो नवउदारवादी अवधारणाका कारण समाजवाद रोज्ने या पु“जीवाद भन्ने विषय गौणप्रायः भएका छन् । यतिखेर विश्व व्यवस्थामा, क) सम्पर्ूण्ा रूपमा राजनीतिक तथा आर्थिक शक्तिलाई केन्द्रीकृत बनाउ“दै लैजानु, ख) प्राकृतिक स्रोत र साधनमाथि निश्चित शक्तिलाई राष्ट्र तथा व्यक्तिको स्वामित्वमा पार्नु, ग) जसले अधिकारको विकेन्द्रीकरण वा सामूहिक स्वामित्वको माग गर्छन्, तिनलाई प्राविधिक कानुन निर्माण गरी दबाउनु, घ) सम्पर्ूण्ा संर्घष्ाहरूलाई गैरवर्गीय परिभाषा अर्न्तर्गत राखेर आन्दोलन र परिवर्तनका प्राप्तिलाई गौण बनाउ“दै राजकीय तथा र्सार्वजनिक सम्पत्ति सम्बन्धलाई मानवीय हित रक्षाबाट अलग राख्नु, ङ) र्सार्वजनिक सम्पत्ति निर्माणका संरचनागत आधार भत्काउ“दै नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई ध्वस्त पार्नु र अन्त्यमा राज्यसञ्चालनमा एउटा शक्तिशाली गिरोह तयार पारी सैन्यवादी राजकीय ढा“चा तयार पानर्ुर्ुुहेका छन् ।
अक्टोबर क्रान्तिकै ढा“चामा वा प्रक्रिया वा विधिमा आजको संसारमा परिवर्तन सम्भव छैन । तर उसले राखेको मानवीय पक्ष, उसले स्थापित गरेको स्वतन्त्रता र आत्मनिर्भरता र त्यसका लागि आवश्यक विकासका मौलिक ढा“चा अनुकरणीय छन् । त्यसका कमजोरीबाट पाठ सिक्न लोकतान्त्रिक संरचनाहरूको निर्माण, संरचना र विधिविधानभित्र रहेर स्वतन्त्र बहस र छलफल तथा सामन्त वा ब्युरोक्र्याटिक वा पु“जीवादी एकाधिकारको संस्कृति, शोषणविरुद्ध निरन्तर संर्घष्ा र आमनागरिकको राज्यमाथिको पहु“चमा समान अधिकार स्थापित गर्नु अपरिहार्य भएका छन् । माथि उल्लिखित शोषणको अन्त्य गर्न आफूलाई लोकतान्त्रिक अभ्यासमा लगाउन जरुरी छ । एक्काइसौं शताब्दीको समाजवादी अवधारणालाई ज्यु“दो राख्ने हो भने अक्टोबर क्रान्तिबाट सिक्नुपर्ने पहिलो कुरा हो, राजकीय शक्ति र उत्पादन सम्बन्ध मजदुर र किसान तथा श्रमजीवीहरूको लोकतान्त्रिक नियन्त्रणभित्र रहनर्ुपर्छ, समाजवादको रसियन मोडेलको उदाहरण असफल सावित भए पनि । समाजवाद आफैंमा असफल हु“दैन । यतिखेर हामी सबैलाई विगतको गल्ती सच्याउने असल मौका उपलब्ध भएको छ, सा“च्चिकै समाजवाद स्थापना गर्न सम्भव छ ।
हरि रोका
source-kantipuronline.com

Reblogged this on bcpandit.